घलाङका विद्यार्थीलाई युनाइटेड सेभेन युथ क्लबद्वारा शैक्षिक सामग्री सहयोग

शिक्षा सामाजिक

गोरखा । गोरखा नगरपालिका वडा नं. ३ घलाङस्थित राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरिएको छ । गोरखा नगरपालिका–७ मा रहेको युनाइटेड सेभेन युथ क्लबले सोमबार विद्यालयका १०६ जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको हो ।

विद्यार्थीको शैक्षिक क्षेत्रमा सहयोग पु¥याउने उद्देश्यले तिहारमा भैलो खेलेर संकलन गरिएको रकमबाट सहयोग गरिएको क्लबका प्रवक्ता समीर श्रेष्ठले जानकारी दिए । उनका अनुसार कक्षा १ देखि १० सम्म अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई कापी, पेन्सिल र जेलपेन वितरण गरिएको छ भने विद्यालयलाई परीक्षा पुस्तिका समेत सहयोग गरिएको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रविण वस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक माधव तिवारी लगायतले मन्तव्य राख्दै क्लबको सामाजिक योगदानको प्रशंसा गरेका थिए ।

यस्तै, भैलो खेलेर संकलित रकमबाट अन्य विद्यालयमा पनि शैक्षिक सामग्री सहयोग गर्ने कार्यक्रम रहेको युनाइटेड सेभेन युथ क्लबका अध्यक्ष श्याम आलेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *