समाचार

गोरखामा सुरु भयो १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

गोरखा, जेठ २६ । गोरखामा १६ औं गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सोमबारदेखि सुरु भएको छ। प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हरमटारी खेलमैदानमा एक विशेष समारोहबीच गरेका हुन्।

प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा र जिल्ला खेलकुद विकास समिति गोरखाको व्यवस्थापनमा जेठ २६ र २७ गते सञ्चालन हुने प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट एक हजारभन्दा बढी खेलाडीको सहभागिता रहेको छ। प्रतियोगितामा भलिबल, कबड्डी, तेक्वान्दो, कराते, एथलेटिक्स र उसु गरी विभिन्न खेल विधाहरू समावेश छन्।

जिल्ला खेलकुद विकास समिति गोरखाका अध्यक्ष प्रेमबहादुर तामाङका अनुसार गोरखा नगरपालिका–६ स्थित हरमटारी खेलमैदानमा भलिबल र कबड्डी, कभर्ड हलमा तेक्वान्दो र कराते, गोरखा नगरपालिका–१० छेवेटारस्थित मैदानमा एथलेटिक्स तथा विपद व्यवस्थापन हलमा उसु खेलहरू आयोजना गरिने छन्।

प्रतियोगिताबाट छनौट हुने १०६ जना खेलाडीले केन्द्रीयस्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्नेछन्। प्रतियोगिता सञ्चालनमा ५५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशले खेलकुदलाई खेल पर्यटनसँग जोडेर अगाडि बढाउने नीति लिएको बताए। उनले भने, “पहिले जस्तो खेलमा लागेर भोकै बस्नुपर्ने अवस्था अहिले छैन, अब खेललाई पनि पेसाको रूपमा लैजाने परिस्थिति बनिसकेको छ।”

मुख्यमन्त्री पाण्डेले सीमित स्रोतसाधनका बाबजुद पनि प्रदेश सरकारले खेलकुदलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै खेलाडीहरूलाई आफ्नो प्रतिभालाई करियरको रूपमा अगाडि बढाउन प्रेरणा दिन आग्रह गरे।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा ग्यास चोरी पुष्टि, गणेश भाडा पसललाई ३ लाख जरिवाना; ‘जरिवाना तिरेरै उन्मुक्ति?’

गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…

57 years ago

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago