गण्डकी प्रदेश–१६ औं प्रदेशस्तरीय प्रतियोगिता गोरखामा सम्पन्न
गोरखा । गण्डकी प्रदेशको गोरखा जिल्लामा सोमबारदेखि सुरु भएको १६ औं प्रदेशस्तरीय “राष्ट्रपति रनिङ्ग शिल्ड” प्रतियोगितामा कास्की जिल्लाले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि आफ्नो बनाएको छ।
कास्कीले २७ स्वर्ण, १० रजत र ११ कास्य पदक जित्दै प्रदेश स्तरमा शीर्ष स्थान पाएर लगातार तेस्रो पटक च्याम्पियन बन्न सफल भएको हो। यस वर्ष म्याग्दी जिल्ला दोस्रो स्थानमा उक्लिँदा, ११ स्वर्ण, ७ रजत र ९ कास्य पदक जितेको छ भने बाग्लुङ तेस्रो स्थानमा १० स्वर्ण, १० रजत र १० कास्य पदक सहित रमाएको छ।
७ स्वर्णसहित ५ रजत र ४ कांस्य जितेर गोरखा चौथो र ६ स्वर्ण, १४ रजत र १२ कांस्य जितेर नवलपुर पाँचौं बनेको छ ।
यस्तै ४ स्वर्ण, ६ रजत र १० कांस्य पदक जित्दै लमजुङ छैटौं, २ स्वर्ण ६ रजत र १७ कांस्य पदक जितेर तनहुँ सातौं, २ स्वर्ण, ४ रजत र ७ कांस्य पदक जितेर स्याङजा आठौं, १ स्वर्ण, ३ रजत र ७ कांस्य जितेर पर्वत नवौं बनेको छ ।
प्रतियोगिता जेठ २६ र २७ गते गोरखामा सम्पन्न भएको थियो। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हरमटारी खेलमैदानमा आयोजित उद्घाटन समारोहमा प्रमुख आतिथ्य गरेका थिए। प्रतियोगितामा मुस्ताङ जिल्लाको भाग नहुँदा गण्डकीका १० जिल्लाका एक हजारभन्दा बढी खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए।
जिल्ला खेलकुद विकास समिति गोरखाका अध्यक्ष प्रेमबहादुर तामाङका अनुसार, प्रतियोगिताबाट चयन गरिने १०६ खेलाडीले केन्द्रिय स्तरको राष्ट्रपति रनिङ्ग शिल्डमा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्नेछन्। प्रतिस्पर्धा सञ्चालनमा करिब ५५ लाख रुपैयाँ खर्च अनुमान गरिएको छ।
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…
गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…
२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…
काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…
२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…
गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…