Categories: समाचार

गोरखामा माइक्रो दुर्घटना, एक जना घाइते र मोबाइल पसलमा क्षति

गोरखा | गोरखा नगरपालिका–६ स्थित अस्पताल मार्गको चालिसे चोक नजिकै एक हाईगर ईभी माइक्रोबस दुर्घटना हुँदा एक जना यात्रु घाइते भएका छन् भने एक मोबाइल पसलमा क्षति पुगेको छ।

बाग्मती प्रदेश ००६ ख ६३२२ नम्बरको माइक्रोबस गोरखा बजारबाट ध्याम्पेशालतर्फ जाँदै गर्दा चालिसे चोकमा रोकी राखेको अवस्थामा अचानक पछाडि सरेर दुर्घटना भएको हो। प्रत्यक्षदर्शीका अनुसार, माइक्रोबस ब्याक हुँदा नियन्त्रण बाहिर गइ सडकछेउमा रहेको बिकास मोबाइल सेन्टरको पसलमा ठोक्किएको थियो।

दुर्घटनाको बेला माइक्रोबसभित्र चार जना यात्रु सवार थिए। माइक्रो ब्याक हुँदै गर्दा अतालिएर हाम्फाल्ने क्रममा गोरखा नगरपालिका–३, नारेश्वरकी ४१ वर्षीया कविता तिवारी सामान्य रूपमा घाइते भएकी छन्। उनलाई तुरुन्तै गोरखा अस्पतालमा उपचार गराइएको र अवस्था सामान्य भएपछि डिस्चार्ज गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ।

दुर्घटनामा परेको सवारी साधन गोरखा दरौँदी यातायात सेवा प्रालिको भएको पुष्टि भएको छ। पसलमा कति क्षति भएको छ भन्ने विवरण भने आउन बाँकी रहेको ट्राफिक प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago

प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टाछुट्टै शिष्टाचार भेट

२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…

57 years ago

बाँदर–बँदेल नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना बनाउन संसद्मा प्रस्ताव

काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…

57 years ago

प्रदेश अस्पताल गोरखा १०० शय्यामा स्तरोन्नति हुँदै, सेवाग्राहीको संख्या पनि बढ्दो

२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…

57 years ago

पहिरोपीडितलाई भेट्दै सांसद देवकोटा, क्षतिग्रस्त क्षेत्रको निरीक्षण

गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…

57 years ago