Categories: समाचार

गोरखा–१३ को मझुवा–बैटारी–हटीयाँ सडक : ३३ वर्षपछि पहिलो पटक कालोपत्र, स्थानीयमा खुसीको लहर

गोरखा ।
गोरखा नगरपालिका–१३ मा पर्ने मझुवा–बैटारी–हटीयाँ सडक खण्डमा ३३ वर्षपछि पहिलो पटक कालोपत्र गरिएको छ। यससँगै गाउँलेहरूको दशकौं पुरानो सपना साकार भएको छ भने स्थानीय बासिन्दामा गहिरो खुसी छाएको छ।

बि.सं. २०४६ सालको राजनीतिक परिवर्तनपछि, २०४९ मा स्थानीय अगुवा मेघ बिलाष शर्मा खनालको पहलमा साविक देउराली गाउँ विकास समिति अन्तर्गत सो सडकमा कच्ची ट्रयाक खोलिएको थियो। तर त्यसयता पटक–पटक आश्वासन आए पनि सडक स्तरोन्नति हुन सकेको थिएन।

गोरखा–आँबुखैरेनी सडक अस्तित्वमा नहुँदा साविक देउराली पञ्चायतका बासिन्दाहरू हटियाँ, बैटारी, मझुवा हुँदै पैदल यात्रा गरेर तनहुँको आँबुखैरेनी झर्थे। त्यहाँबाट गोरखा बजार वा पालुङटार पुग्न सो मार्ग छोटो पर्ने भएकाले दैनिक रूपमा यही बाटो प्रयोग हुन्थ्यो। तर वर्षायाममा सडक हिलोले भरिने, हिउँदमा धुलोको मुस्लोले जनजीवन प्रभावित हुने अवस्था थियो।

वडाध्यक्ष मित्रा परियारले निर्वाचनमा जनतालाई पिच गराउने प्रतिबद्धता गरेकी थिइन्। उनी भन्छिन्, “कच्ची सडक खुलेको तीन दशकपछि यो सडक कालोपत्र हुँदा वडावासीको सपना साकार भएको छ। मैले गरेको वाचा पुरा गर्दा गर्वको महसुस भएको छ।”

नेपाली कांग्रेसकी राष्ट्रिय सभा सदस्य कमला पन्तको पहलमा सांसद विकास कोषमार्फत आएको एक करोड रुपैयाँको बजेटबाट सडक कालोपत्र भएको हो।

सडक पिच भएपछि जलदेवी–बनदेवी टोल विकास संस्थाका अध्यक्ष बिक्रम मल्लजस्ता स्थानीयवासी निकै उत्साहित देखिए। “अब हामीले उत्पादन गरेका तरकारी र मासुजन्य वस्तुहरू सजिलै बजार लैजान सक्छौं,” उनले भने। “यातायातको सहजताले गाउँको जीवनशैलीमा नै परिवर्तन ल्याउँछ।”

यो योजनाको निर्माण कार्य साना सहर विकास कार्यालय, कास्कीको समन्वयमा सम्पन्न भएको हो। ठेक्का चिराग कन्स्ट्रक्सनले लिएको थियो। कुल बजेट ९६ लाख ४३ हजार ६२४ रुपैयाँ ५० पैसा रहेकोमा, निर्माण कम्पनीले ६६ लाख ३५ हजार ९३९ रुपैयाँ ५ पैसामा ठेक्का पाएको थियो।

निर्माण अन्तर्गत ४०० मिटर कालोपत्र, ७५ मिटर ढलान र ५०० मिटरभन्दा बढी नालाको निर्माण कार्य सम्पन्न भएको छ।

सडक कालोपत्रसँगै वडा नं. १३ का फेदीटोल, दराई गाउँ, जैकोट, सातदोबाटे, बैटारी, युखर्क, पसैथोक, सुनारगाउँ, तल्लो हटिया, मनमस्ता, दमाई गाउँ, कामीगाउँ, सिमलथुम्की, ढकाल गाउँ, बेलघारी, ठिंमुरे र वडा नं. १४ अन्तर्गतका उपल्लो हटिया, कोट गाउँ, छाँकु, प्यूघर जस्ता दर्जनौं बस्तीलाई सीधा लाभ पुगेको छ।

तीन दशकभन्दा बढीको प्रतीक्षापछि मझुवा–बैटारी–हटीयाँ सडकमा गरिएको कालोपत्रले गाउँमा विकासको नयाँ सम्भावना खोलिदिएको छ। अब यो परिवर्तनलाई दीगो बनाउने चुनौतीसहित स्थानीयले आर्थिक र सामाजिक विकासतर्फ अघि बढ्ने अवसर पाएका छन्।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago

प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टाछुट्टै शिष्टाचार भेट

२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…

57 years ago

बाँदर–बँदेल नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना बनाउन संसद्मा प्रस्ताव

काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…

57 years ago

प्रदेश अस्पताल गोरखा १०० शय्यामा स्तरोन्नति हुँदै, सेवाग्राहीको संख्या पनि बढ्दो

२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…

57 years ago

पहिरोपीडितलाई भेट्दै सांसद देवकोटा, क्षतिग्रस्त क्षेत्रको निरीक्षण

गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…

57 years ago