गण्डकी प्रदेश समाचार

गुरुङ गहना घर प्रालिको खुला रक्तदानमा १ सय १४ युनिट रगत संकलन

पोखरा ।
गुरुङ गहना घर प्रालिले पोखरामा आयोजना गरेको   खुल्ला रक्तदान कार्यक्रममा ११४ युनिट रगत संकलन भएको छ । प्रालिका सञ्चालक सीमा गुरुङको जन्मदिनको अवसरमा पोखरा–९  न्यूरोडस्थित गुरुङ गहना घर प्रालिको प्राङ्गणमा भएको रक्तदानमा ११४ युनिट रगत संकलन भएको हो ।

रक्तदान सँगै साहित्यकार तीर्थ गुरुङलाई नगद र कदरपत्रसहित सम्मान गरिएको छ ।  ‘पाठशाला’ र  ‘हिउँको गीत’ उपन्यासका लेखक गुरुङलाई नगद रु २० हजार रुपैयाँसहित सम्मान गरिएको हो । उनलाई प्रदेश सांसदहरु पञ्चराम गुरुङ, सरस्वती गुरुङ, गुरुङ गहना घर  प्रालिका सञ्चालक सीमा गुरुङ, प्रबन्ध निर्देशक नेल्सन गुरुङ, तमु तमुधि नेपालका अध्यक्ष हुम बहादुर गुरुङ, सञ्चारकर्मी बालकासी गुरुङ लगायतले नगद, कदरपत्र, दोसल्ला प्रदान गरेका हुन् ।

कार्यक्रममा सञ्चालक सीमा गुरुङले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर रक्तदान कार्यक्रम आयोजना गरेको बताईन् । आर्थिक अप्ठ्याराहरुका बाबजुद पनि अर्थ बजारमा योगदान दिन र आत्मनिर्भर बन्नका लागि सुनचाँदी व्यवसायमा लागेको बताउँदै त्यसमा अहिले सरकारले विलासिता कर र मुल्य अभिवृद्धि कर लगाएपछि मारमा परेको उल्लेख गरिन् । उनले विलासिताको नाममा थपिएको करले व्यवसायी र ग्राहक दुवैलाई नकारात्मक असर पारेको बताउँदै आफूहरु विलासीता करको विरोधमा रहेको बताईन् ।

प्रबन्ध निर्देशक नेल्सन गुरुङले गुरुङ गहना घरको नयाँ शाखा विस्तार गर्न लागेको बताए । नयाँ शाखाको असोज ६ गते घटस्थापनाको दिन शुभारम्भ गरिने जनाउँदै सो दिन सहभागी भैदिन आग्रह गरे । युवाहरुको विदेश पलायन बढिरहँदा आफूले स्वदेशमै केही गर्ने हुटहुटीसहित व्यवसाय सम्हाल्दै आएको बताए ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago

प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टाछुट्टै शिष्टाचार भेट

२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…

57 years ago

बाँदर–बँदेल नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना बनाउन संसद्मा प्रस्ताव

काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…

57 years ago

प्रदेश अस्पताल गोरखा १०० शय्यामा स्तरोन्नति हुँदै, सेवाग्राहीको संख्या पनि बढ्दो

२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…

57 years ago

पहिरोपीडितलाई भेट्दै सांसद देवकोटा, क्षतिग्रस्त क्षेत्रको निरीक्षण

गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…

57 years ago