पोखरा ।
नृत्य संग्रामको उपाधि सृष्टि गुरुङ र सिद्धार्थ विकले जितेका छन् । बिटुडी डान्स स्कुलको आयोजनामा पोखराको वाणिज्य हलमा भएको ग्राण्ड फिनालेमा सिनियरतर्फ गुरुङ र जुनियरतर्फ विकले उपाधि जितेका हुन् ।
सिनियरतर्फ सपुन सर्मल दोस्रो, निकिसा चौधरी तेस्रो, अस्मिन पोखरेल चौथो र साइना थापाले पाँचौ स्थानमा हासिल गरे । पहिलो हुनेले ७० हजार, दोस्रोले ३० हजार र तेस्रो हुने २० हजार रुपैयाँ प्राप्त गरे ।
जुनियरतर्फ दिप्सीका गुरुङ दोस्रो, आस्रिया केसी तेस्रो, प्रिन्सेस गुरुङ चौथो र संस्कृति पाण्डे पाँचौ भए । प्रथम हुनेले ५० हजार, दोस्रो हुनले ३० हजार र तेस्रो हुनेले २० हजार पाए । वेष्ट कोरियोग्राफरको अवार्ड अमृत सुनारले जिते ।
भारतीय चर्चित डान्स शो इन्डिया वेस्ट डान्सर सिजन–३ का विजेता समर्पण लामा, हिप हप इन्डियाका डान्सर नोर्बु तामाङ र बिटुडी ड्रेस सेन्टरका सञ्चालक स्मृति गुरुङ तामाङले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
उक्त प्रतियोगितामा प्रि अडिसन राउण्डमा १ हजार बढी सहभागी थिए । यस्तै अडिसन राउण्डमा ३ सय जना पुग्न सफल भएका थिए । मेगा अडिसनका लागि १ सय ७० जना छनोट हुँदा सेमिफाइनलमा ६९ जनाले प्रतिस्प्रर्धा गरेका हुन् । ग्राण्ड फिनालेमा सिनियरतर्फ १२ र जुनियरतर्फ २० जनाबीच प्रतिस्प्रर्धा भएको थियो ।
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…
गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…
२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…
काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…
२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…
गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…