गोरखा ।
नेकपा विप्लव निकट विद्यार्थी संगठन अखिल समाजवादी गोरखा, अखिल (क्रान्तिकारी) गोरखामा समाहित भएको छ।
केन्द्रीय सदस्य तथा गोरखा जिल्ला अध्यक्ष भीषण थापाको नेतृत्वमा गरिएको उक्त समाहतिको टोलीमा उपाध्यक्ष अभिषेक विक, सह–सचिव बिप्निता दुलाल, केन्द्रीय प्रतिनिधि सदस्य तथा कोषाध्यक्ष दिनिशा ढकाल, केन्द्रीय प्रतिनिधि सदस्य अनिषा राना मगर रहेका छन्।
यस्तै, आज खड्का, आस्विन कुमार, शुभम् राना, मानिस गुरुङ, उमेश विक, उत्तम गुरुङ, सुवास गुरुङ, आशिष विक, वसन्त रम्तेलसहित सिङ्गो जिल्ला समिति नै अखिल (क्रान्तिकारी)मा प्रवेश गरेको अखिल (क्रान्तिकारी) गोरखा जिल्ला अध्यक्ष सुलभ अँगाईले जानकारी दिए।
नवप्रवेशीहरूलाई नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा गोरखा जिल्ला इन्चार्ज अमर तमुले खादा लगाएर स्वागत गरेका थिए।
गोरखा । ऐतिहासिक तथा आध्यात्मिक महत्व बोकेको गोरखा पुनः राष्ट्रिय चेतना जागरणको केन्द्र बन्ने दिशामा…
गोरखा । गोरखा जेसीजद्वारा आयोजित दोस्रो गोरखा जेसीज फुटसल प्रतियोगिता २०२६ सफलतापूर्वक सम्पन्न भएको छ।…
गोरखा । नयाँ वर्ष २०८३ लाई लक्षित गर्दै गोरखा सदरमुकाममा ‘तेस्रो रैथाने खाना तथा सडक…
गोरखा । गोरखामा आगामी वैशाख ३ गतेदेखि दोस्रो अन्तरपालिका उप–मेयर भलिबल प्रतियोगिता हुने भएको छ।…
चैत १९ गतेदेखि सञ्चालन हुने २०८२ सालको माध्यमिक शिक्षा परीक्षा एसईईमा यस वर्ष गण्डकी प्रदेशमा…
गोरखा । गोरखा जेसीज गोरखाले युवाहरूको नेतृत्व विकास, खेलकुद प्रवर्द्धन र सामाजिक सशक्तीकरणलाई लक्षित गर्दै…