स्ववियु निर्वाचन: गोरखा क्याम्पसमा समाजवादी मोर्चाको टिम विजयी

समाचार

गोरखा क्याम्पसको स्ववियु निर्वाचनमा समाजवादी मोर्चाको टिम विजयी भएको छ । ‎ ‎३७० मत खसेको निर्वाचनमा अखिल क्रान्तिकारीका सुलभ अम्गाईले २०९ मत ल्याएर विजयी भए भने नेविसंघका रचन परियारले १६१ मत पाए ।

त्यस्तै, सचिवमा अखिल क्रान्तिकारीका रुपेश विश्वकर्मा १९९ मत पाउँदा अनेरास्ववियुका राजाराम बोहराले १७१ मत ल्याए । ‎

‎त्यस्तै, कोषाध्यक्षमा अखिल क्रान्तिकारीकी आयुषा अर्यालले २०६ मत ल्याइन् भने नेविसंघकी सविना गुरुङले १६४ मत ल्याएर पराजित भइन् । ‎सदस्यमा अखिल क्रान्तिकारीका अभिषेक राना, सलिना बयलकोटी, रोजिना गुरुङ, सलिना परियार र सबिना थापा विजयी भए ।

गोरखा क्याम्पसमा अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानल थियो भने अखिल क्रान्तिकारी, समाजवादी अखिल सहितको अर्को गठबन्धन चुनावी प्रतिस्पर्धामा थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *