पोखरा ।
नेपाली लोक र आधुनिक संगीतको रौनक सहितको ‘अब गाउँछ अमेरिका’ नामक बृहत् सांगीतिक कार्यक्रम आगामी भदौ १४ गते, शनिबार (अगष्ट ३०) मा अमेरिकाको न्यू ह्याम्पसायरस्थित म्यानचेस्टरमा हुने भएको छ । एभरेष्ट कल्चरल ग्रुप – अमेरिका को आयोजनामा मुर्रा ब्रदर्स एनएच र एनएच दिदीबहिनी समूहको सहआयोजनामा तीजको पावन अवसरमा यो विशेष सांस्कृतिक उत्सव आयोजना गर्न लागिएको हो।
कार्यक्रम म्यानचेस्टर कम्युनिटी म्युजिक स्कूलको हलमा दिउँसो ५ बजेदेखि सुरु हुने जानकारी गराइएको छ । यसमा नेपालका चर्चित कलाकारहरू — वरिष्ठ लोकदोहोरी गायक बद्री पंगेनी, लोकप्रिय गायक प्रताप दास, सुमधुर स्वरकी धनी गायिका एलिना चौहान र लोकदोहोरी गायिका कला लम्सालले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्नेछन्।
आयोजकका अनुसार तीजको अवसरमा नेपालबाट आएका कलाकारहरूले अमेरिकास्थित नेपाली समुदायलाई भरपूर मनोरञ्जन दिनेछन्। कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको छ भने टिकट बिक्री समेत उत्साहजनक रहेको छ।
एभरेष्ट कल्चरल ग्रुप अमेरिका र एनएच दिदीबहिनी समूहकी अध्यक्ष किरण गुरुङले यो कार्यक्रमले नेपाली मौलिक संगीतको संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरिन् । मुर्रा ब्रदर्स एनएचका अध्यक्ष सोम गुरुङ ले समुदायको माया र उत्साहले आफूहरूलाई थप हौसला मिलेको बताए।
आयोजक संस्थाका महासचिव साथै चर्चित कलाकार एवम् कार्यक्रम उदघोषक सुरेन्द्र गुरुङले अमेरिकामा रहेका सबै नेपालीलाई यस ऐतिहासिक अवसरको साक्षी बन्न आग्रह गरेका छन् । यो उत्सवले संगीतको माध्यमबाट टाढा रहेका नेपाली मनहरूलाई जोड्ने पुलको काम गर्ने विश्वास उनको छ ।
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…