गण्डकी प्रदेश समाचार

टान गण्डकीद्धारा संचालित ट्रेकिङ गाइड र ट्रेकिङ पोटर गाइड तालिम समापन

पोखरा, ३ भदौ ।
ट्रेकिङ एजेन्सीज् एशोसिएसन आफ नेपाल (टान) गण्डकीको आयोजनामा पोखरामा ट्रेकिङ गाइड र ट्रेकिङ पोटर गाइड तालिमको समापन गरिएको छ । मंगलबार पोखरामा समापन समारोह आयोजना गरी तालिममा सहभागि प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

२ सय २१ जनाले ट्रेकिङ गाइड र ६० जनालाई पोटर गाइडको प्रमाणपत्र वितरण गरिएको थियो । तालिम समापन कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

सो अवसरमा बोल्दै मुख्यमन्त्री पाण्डेले दक्ष जनशक्ती पर्यटन क्षेत्रको महत्वपूर्ण अंग रहेको बताए । पाण्डेले नेपालको प्रचार प्रसार र प्रवद्र्धनमा ट्रेकिङ गाइड र ट्रेकिङ पोटर गाइडले राजदुतको भूमिका खेल्न सक्ने बताए । ट्रेकिङ रुट मासिदै गएकाले सरकारले बैँकल्पिक रुट निर्माणका लागि बजेटको व्यवस्थापन गरेको पाण्डेले जानकारी दिए ।

गण्डकी प्रेदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले तालिम प्राप्त पछि बजारमा दक्षा जनशक्ती आउनु खुशीको कुरा रहेको बताए । प्रदेशको राजधानी भएकाले हामीले धेरै काम गर्न वार्की रहेकाले सबै सरोकारवालाहरु मिलेर काम गर्नुपर्ने बस्यालले बताए ।

यस्तै कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडानम्बर ६ का अध्यक्ष विष्णुबहादुर भट्टराईले ट्रेकिङ रुटहरु मासिएकाले पर्यटकलाई कहाँ लैजाने भन्ने रणनीति बनाउनुपर्ने बताए । त्यसका लागि नयाँ रुटहरु पहिचान गर्नुपर्ने भट्टराइको भनाई थियो ।

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथुम) को सहकार्यमा नेपाल पर्यटन बोर्ड, गण्डकीको प्रवद्र्धनमा गएको जेठ २६ गतेबाट सुरु भएको तालिम करिब एक महिना संचालन भएको थियो । पोखरा—६ बैदाममा रहेको ताल बराही माध्यामिक विद्यालयमा तालिम संचालन भएको थियो ।

कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्ड गण्डकी कार्यालयका प्रमुख मणिराज लामिछानेले पर्यटकको संख्या बृद्धि भएसगै पदयात्राका लागि दक्ष जनशक्ती पनि आवश्यक हुने बताए ।

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथुम) का विभागिय प्रमुख अजय ढकालले तालिमबाट दक्ष जनशक्ती उत्पादन भएको र गण्डकी प्रदेशमा पदयात्रा व्यवसायमा थप परिस्कृत भएको बताए । सक्षम गाइडले पर्यटकलाई नेपालको वारे सरल तरिकाबाट बुझाउन सक्छ । जसको कारण अन्तराष्ट्रिय जगतमा समेत नेपालको सकारात्मक चर्चा हुने ढकालले बताए ।

टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले ट्रेकिङमा जाने पर्यटकका लागि अनिवार्य ट्रेकिङ गाइडको व्यवस्थालाई लागू गर्न सरकारको ध्यानाकर्षण गराए । अध्यक्ष आचार्यले ट्रेकिङ रुटहरुमा पदयात्रीका लगि सेल्टहरु स्थापना गुर्नपर्ने आवश्यकता खड्कीएको बताए । नेपालको पर्यटनलाई विश्व बजारमा चिनाउनको लागि प्रचारात्मक कार्यक्रम आवश्यक रहेको आचार्यको भनाई थियो ।

प्रशिक्षार्थी इन्द्रबहादुर राईले तालिमले पर्यटन क्षेत्रमा थप केही गर्ने हौसला मिलेको बताए ।

तालिम समापनमा पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, बरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, टान गण्डकीका पूर्वअध्यक्ष डम्बरबहादुर केसी, टान गण्डकीका प्रथम उपाध्यक्ष तिर्थराज सुवेदी, नाथुमका तालिम अधिकृत रतन साउद, ताल बाराही मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण न्यौपानेले तालिम वारे आफ्नो धारणा राखेका थिए । टान गण्डकीका सचिव गोपालकृष्ण संग्रौलालले कार्यक्रम संचालन गरेका थिए ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा ग्यास चोरी पुष्टि, गणेश भाडा पसललाई ३ लाख जरिवाना; ‘जरिवाना तिरेरै उन्मुक्ति?’

गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…

57 years ago

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago