गण्डकी प्रदेश समाचार

संगठन सुदृढतामार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाउन आवश्यक : मन्त्री थापा

पोखरा ।
गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रीले संगठनात्मक सुदृढता र आन्तरिक एकतामार्फत जनताप्रति हुने सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।

नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति कास्कीको ९ औं जिल्ला एवम् प्रदेश विभागीय अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई शपथग्रहण, प्रमाणपत्र वितरण एवम् जिम्मेवारी हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले निजामती कर्मचारी संगठनले कर्मचारी अधिकारको संरक्षणसँगै पारदर्शी, जिम्मेवार र दक्ष सेवाप्रवाहमा योगदान दिनुपर्ने आवश्यकता औंल्याए ।

“निजामती कर्मचारी युनियन कर्मचारी वर्गको पेशागत अधिकार र हितको मात्र पक्षधर नभई सुशासन, जवाफदेहितापूर्ण प्रशासन र नागरिकलाई समयमै सेवा पु¥याउने संस्कारलाई बलियो बनाउन उत्प्रेरक हुनुपर्छ । संगठनको मजबुती नै विश्वासिलो सेवा र संस्थागत विकासको आधार हो ।”, उनले भने ।

संगठनले यथार्थपरक नीति सुझाव, कर्मचारीबीचको एकता र संगठनात्मक सचेतनाबाट सरकार र कर्मचारीबीचको समन्वयलाई अझ सबल बनाउन सक्ने विश्वास उनको छ । मन्त्री थापाले नयाँ नेतृत्वलाई शुभकामना दिँदै जिम्मेवारी वहन गर्न दृढ संकल्पित भई अघि बढ्न आह्वान समेत गरे ।
उनले प्रदेश सरकारले गरेका कामको प्रचारप्रसार गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे । विगतका समयमा नभएका कामहरु अहिले सरासर भइरहेको र जनता लाभान्वित हुने गरि अग्रसर रहन समेत कर्मचारीलाई निर्देशन दिएका छन् ।
तीज पर्वको अवसरमा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रमलाई समेत जोड्दै उनले नेपाली समाजमा सद्भाव, पारिवारिक खुसी र सांस्कृतिक एकताको सन्देश प्रवाह गर्ने परम्परा तीज भएको बताए ।

शपथग्रहण तथा शुभकामना आदानप्रदान कार्यक्रममा जिल्ला कार्यसमिति, प्रदेश विभागीय संरचना, विभिन्न शाखा युनियनका प्रतिनिधिहरु, समाजका सरोकारवाला तथा कर्मचारी परिवारको उल्लेख्य उपस्थिति रहेको थियो । नवनिर्वाचित अध्यक्ष केदार सापकोटाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली काँग्रेस कास्कीका सचिव भानु ढकाल, गण्डकी प्रेस रजिष्ट्रार विमला भण्डारी लगायतले बोलेका थिए । कार्यक्रममा निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गर्दै जिम्मेवारी हस्तान्तरण समेत गरिएको थियो ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago