Categories: समाचार

गोरखाले जित्यो गण्डकी प्रदेश स्तरीय कृषि तीज गीत प्रतियोगिताको उपाधि

गोरखा ।

एपोलो पेन्ट्स प्रिजेन्ट्स गण्डकी प्रदेश स्तरीय कृषि तीज गीत प्रतियोगिताको उपाधि गोरखाले जितेको छ । पब्लिक फोरके टेलिभिजनको आयोजना एवं प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको समन्वयमा पोखरा उद्योग वाणिज्य संघको सभाहलमा बिहीबार भएको प्रतियोगिताको उपाधि गोरखाले जितेको हो । उपाधिसँगै गोरखाले ५५ हजार ५५५ रुपैयाँसहित प्रमाणपत्र हात पा¥यो ।

कास्कीले दोस्रो र पर्वतले तेस्रो स्थान हासिल गरे । दोस्रो हुने कास्कीले ३३ हजार ३३३ र तेस्रो हुने पर्वतले २२ हजार २२२ रुपैयाँ प्राप्त गरे । बागलुङ र स्याङ्जा सान्त्वना बने । उनीहरुले समान ११ हजार १११ हजार रुपैयाँ पाए । प्रतियोगितामा गण्डकी प्रदेशका मनाङ र मुस्ताङबाहेकका जिल्लाले सहभागिता जनाएका थिए ।  म्याग्दी, तनहुँ र नवलपुरका सहभागी नृत्य र भेषभुषातर्फ उत्कृष्ट बने । उनीहरुले सारी पुरस्कार पाए । पुरस्कृतलाई गण्डकी प्रदेशकी कार्यवाहक मुख्यमन्त्री पद्मा जिसी श्रेष्ठ, पब्लिक टेलिभिजनका अध्यक्ष सविन भट्टले नगद र प्रमाणपत्र हस्तान्तरण गरे ।

कार्यक्रममा टेलिभिजनले पोखरा महानगरपालिका—१६ का गन्धर्व आमा समूहलाई मौलिक तीज गीत संरक्षणमा योगदान दिएको भन्दै नगद २५ हजारसहित सम्मान गरेको छ । उनीहरुलाई पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले नगदसहित सम्मानपत्र हस्तान्तरण गरे । कार्यक्रममा चर्चित कलाकार राजु परियार, प्रजापती पराजुली, शुशिला गौतम, राजन कार्की, सरला पाण्डे लगायतका कलाकारहरुको प्रस्तुति दिएका थिए ।

कार्यक्रमकी प्रमुख अतिथि गण्डकी प्रदेशकी कार्यवाहक मुख्यमन्त्री पद्मा जिसी श्रेष्ठले प्रदेश समुन्नत बनाउने आधार कृषि भएकाले कृषिलाई पर्यटकसँग जोड्न सकिएमात्रै प्रदेश समुन्नत हुने बताइन् । गीतमा समावेश भएका विषयवस्तु सचेतना फैलाउने खालेको भएको जिसीले उल्लेख गरिन् । आगामी दिनमा सचेतना फैलाउने र महिला शसक्तिकरणको कार्यक्रम अघि बढाउने उनले प्रतिवद्धता जनाइन् ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा ग्यास चोरी पुष्टि, गणेश भाडा पसललाई ३ लाख जरिवाना; ‘जरिवाना तिरेरै उन्मुक्ति?’

गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…

57 years ago

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago