Categories: समाचार

विविध कार्यक्रमसहित गोरखा जेसीज सप्ताह सम्पन्न

गोरखा । गोरखा जेसीजले आयोजना गरेको जेसीज सप्ताह–२०२५ शनिबार औपचारिक कार्यक्रमसहित सम्पन्न भएको छ । समापन समारोह गण्डकी प्रदेश सभा सदस्य एवं प्रमुख सचेतक नन्द प्रसाद न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

समापन कार्यक्रममा गोरखा जेसीज वर्ष २०२५ का अध्यक्ष सुमन गुरुङको अध्यक्षता रहेको थियो । समापन कार्यक्रमको सञ्चालन गोरखा जेसीजका पब्लिक रिलेसन अफिसर बुद्धि जोगिले गरेका थिए ।

सप्ताहभर गोरखाका विभिन्न स्थानमा जनचेतनामूलक, शैक्षिक तथा मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिएका थिए ।

सप्ताहअन्तर्गत गोरखा नगरपालिका–५, पस्लाङ चौतारादेखि पँदेली महादेव थानसम्म खुल्ला दौड प्रतियोगिता, आरुघाट गाउँपालिका स्थित भिमोदय बहुमुखी क्याम्पसमा जनचेतनामूलक कार्यक्रम, सिरानचोक–५ छोप्राकस्थित श्री मण्डली माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण, श्री राष्ट्रिय माविमा स्वास्थ्य शिविर, श्री शक्ति माविमा हाजिरी जवाफ प्रतियोगिता तथा सुस्त गतिमा मोटरसाइकल चलाउने प्रतियोगिता सम्पन्न गरिएको थियो ।

समापन दिनको आकर्षण सुस्त गतिमा मोटरसाइकल चलाउने प्रतियोगिता रहेको थियो ।

सो प्रतियोगितामा मनोज रम्तेल प्रथम, सुदिप श्रेष्ठ द्वितीय र बुद्धि जोगि तृतीय भएका छन् । विजेताले क्रमशः फुल हेल्मेट, हाल्फ हेल्मेट, बाइक कभर तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

सप्ताहका संयोजक जिवन थापाले कार्यक्रममा युवा सहभागिता उच्च रहेको र यसले सामाजिक चेतनामा सकारात्मक सन्देश प्रवाह गरेको बताए ।

समापन समारोहमा जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक भरत बहादुर बिक प्रमुख अतिथिका रूपमा सहभागी थिए ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago

प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टाछुट्टै शिष्टाचार भेट

२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…

57 years ago

बाँदर–बँदेल नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना बनाउन संसद्मा प्रस्ताव

काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…

57 years ago

प्रदेश अस्पताल गोरखा १०० शय्यामा स्तरोन्नति हुँदै, सेवाग्राहीको संख्या पनि बढ्दो

२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…

57 years ago

पहिरोपीडितलाई भेट्दै सांसद देवकोटा, क्षतिग्रस्त क्षेत्रको निरीक्षण

गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…

57 years ago