गोरखा । गोरखाको पालुङटार नगरपालिकामा धानमा लाग्ने ब्लाष्ट रोग देखिएको छ । कृषि ज्ञान केन्द्र गोरखाका अनुसार पालुङटार–४, ६ र ८ मा गरी करिब ४१० रोपनी क्षेत्रमा यो रोग फैलिएको हो ।
बालि संरक्षण अधिकृत अब्बा दत्त विष्टका अनुसार सबैभन्दा धेरै पालुङटार–८ को एक हजार फाँटस्थित द्वारटारमा रोग देखिएको छ, जहाँ २५ भन्दा बढी किसानको करिब ४०० रोपनी धानबाली प्रभावित भएको छ ।
ब्लाष्ट रोग धानमा लाग्ने एक प्रकारको ढुसी हो । सुरुमै औषधि छर्कन सकिएमा नियन्त्रण सम्भव भए पनि किसानले ढिला गरी जानकारी गराउँदा केही खेतमा धान सुकेको अवस्था देखिएको विष्टले बताए ।
प्रभावित क्षेत्रमा गोरखानाथ, सावित्री र मन्सुली धान जातमा रोग देखिएको छ भने सोही ठाउँमा लगाइएको राम धान भने सुरक्षित रहेको छ । पालुङटार–४ र ६ मा भने करिब ११ रोपनी क्षेत्रफलमा मात्रै रोग देखिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
‘किसानले ढिला गरी खबर गरेकाले केही खेतमा धान सुकेको देखियो,’ विष्टले भने, ‘तर ढुसीनाशक औषधि छर्किएकाले उपचार सफल भए ५० प्रतिशतसम्म धानबाली जोगाउन सकिन्छ ।’
ब्लाष्ट रोग फैलिनुको मुख्य कारण किसानले स्रोत पहिचान नगरी धानको बिउ खरिद गर्नु भएको बताउँदै विष्टले उन्नत जात वा पहेँलो ट्याग भएको बिउ प्रयोग गर्न किसानलाई आग्रह गरेका छन् ।
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…
गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…
२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…
काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…
२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…
गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…