Categories: समाचार

गोरखामा अनेरास्ववियूद्वारा शिक्षकको अभद्र अभिव्यक्तिविरुद्ध २४ घण्टे अल्टिमेटम

गोरखा, १४ भदौ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) जिल्ला कमिटी गोरखाले द्रव्यशाह बहुमुखी क्याम्पसका शिक्षक केशव रेग्मीलाई प्रधानमन्त्रीसम्बन्धी अमर्यादित अभिव्यक्ति दिएपछि तत्काल सार्वजनिक माफी माग्न चेतावनी दिएको छ।

संगठनले शनिबार एक विज्ञप्ति जारी गर्दै रेग्मीले सामाजिक सञ्जालमा गरेको टिप्पणीलाई ‘अमर्यादित, अराजक र घृणाजन्य’ भन्दै आपत्ति जनाएको हो। नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सन्दर्भमा रेग्मीले फेसबुकमा प्रयोग गरेको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै संगठनले २४ घण्टा भित्र सार्वजनिक रूपमा माफी माग्न आग्रह गरेको छ।

अनेरास्ववियूका अध्यक्ष दिपेन्द्र मालबुलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “प्रधानमन्त्री देशका सबैको अभिभावक हुन्। शिक्षणजस्तो बौद्धिक क्षेत्रका व्यक्तिले आफ्नो जिम्मेवारी बिर्सेर गालीगलौज गर्नु लाजमर्दो कार्य हो।”

संगठनले क्याम्पस प्रशासनलाई समेत तत्काल कारबाही गर्न माग गर्दै, २४ घण्टा भित्र माफी नमागिए कानुनी प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ। विज्ञप्तिमा भनिएको छ, “हाम्रो आग्रहलाई कमजोरी ठानेर वेवास्ता गरेमा आइपर्ने परिणामको भागीदार रेग्मी र उनलाई संरक्षण गर्ने क्याम्पस प्रशासन स्वयं हुनेछ।”

अनेरास्ववियूले शिक्षण क्षेत्रलाई मर्यादित, अनुशासित र राजनीति–घृणामुक्त बनाउन सबै पक्षलाई जिम्मेवार हुन आग्रह गरेको छ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा ग्यास चोरी पुष्टि, गणेश भाडा पसललाई ३ लाख जरिवाना; ‘जरिवाना तिरेरै उन्मुक्ति?’

गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…

57 years ago

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago