बालुवाटारमा मिसाइल हान्ने धम्की दिने डा. निकोलस भुषाल गोरखामा पक्राउ

समाचार

गोरखा । “बालुवाटारमा मिसाइल हान्दिन्छु” भन्दै सार्वजनिक रूपमा धम्कीपूर्ण अभिव्यक्ति दिने चिकित्सक डा. निकोलस भुषाललाई प्रहरीले गोरखाबाट पक्राउ गरेको छ।

उनी गोरखा नगरपालिका–८ रानिबनस्थित सरस्वती आश्रमबाट पक्राउ परेका हुन्। पक्राउ परेका भुषाललाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गोरखामा राखिएको र अपराध अनुसन्धान महाशाखा टेकु पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार इन्जिनियर पारश पन्त पनि भुषालसँगै रहेका थिए। उनीहरूलाई करिब दिउँसो २ बजे पक्राउ गरिएको हो। उनिहरु हिजो साँझ करिब ७ देखि ८ बजेको बीचमा गोरखा कालिका मन्दिर दर्शन गर्न आएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *