स्वास्थ्य

गोरखामा स्क्रब टाईफसका बिरामी बढे, साउन यता मात्रै १५० जनामा संक्रमण

गोरखा । गोरखामा यो वर्ष डेंगुभन्दा स्क्रब टाईफसका संक्रमित बढी फेला परेका छन्। प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाका अनुसार साउन यता जिल्लामा २१४ जनामा संक्रमण देखिएकोमा १५० जनामा स्क्रब टाईफस र ६४ जनामा डेंगु पुष्टि भएको छ।

११ स्थानीय तह रहेको गोरखामा ६ स्थानीय तहमा दुवै रोगका बिरामी भेटिएको कार्यालयका ल्याब टेक्निसियन निरीक्षक नारायणबावु अर्यालले जानकारी दिए।

सबैभन्दा धेरै गोरखा नगरपालिकामा स्क्रब टाईफसका ५९ र डेंगुका १५ बिरामी भेटिएका छन्। त्यस्तै, आरुघाट गाउँपालिकामा दुवै रोगका १५/१५ जना संक्रमित फेला परेका छन्। भिमसेन थापा गाउँपालिकामा १६ जना डेंगु र ४२ जना स्क्रब टाईफसका बिरामी भेटिएका छन्।

यस्तै, पालुङटार नगरपालिकामा ८ जना डेंगु र ३० जना स्क्रब टाईफस, शहिद लखन गाउँपालिकामा ७ जना डेंगु र ३ जना स्क्रब टाईफस तथा अजिरकोट गाउँपालिकामा ३ जना डेंगु र १ जना स्क्रब टाईफसका बिरामी देखिएको तथ्यांकमा उल्लेख छ।

डेंगु एडिस जातको लामखुट्टेको टोकाइबाट र स्क्रब टाईफस माइट जातका किर्नाको टोकाइबाट सर्ने गर्छ। चिकित्सकहरुले यो संक्रमण कार्तिकको अन्त्यसम्म बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेका छन्।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago

प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टाछुट्टै शिष्टाचार भेट

२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…

57 years ago

बाँदर–बँदेल नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना बनाउन संसद्मा प्रस्ताव

काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…

57 years ago

प्रदेश अस्पताल गोरखा १०० शय्यामा स्तरोन्नति हुँदै, सेवाग्राहीको संख्या पनि बढ्दो

२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…

57 years ago

पहिरोपीडितलाई भेट्दै सांसद देवकोटा, क्षतिग्रस्त क्षेत्रको निरीक्षण

गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…

57 years ago