काठमाडौं। नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग गर्दै आएका पक्षधरहरूले पार्टी केन्द्रीय कार्यालय सानेपा घेराउ गरेका छन्। नियमित १५औँ महाधिवेशनको कार्यतालिका असफल भएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशनको तयारी तिव्र भएको हो।
विधानको धारा १७ (२) अनुसार ५४ प्रतिशतभन्दा बढी ९२,४८८ महाधिवेशन प्रतिनिधिको हस्ताक्षर बुझाएको तीन महिना पुग्न लाग्दा पनि नेतृत्वले बेवास्ता गरेको भन्दै कार्यकर्ताहरू आक्रोशित भएका छन्। पक्षधरहरूले भृकुटीमण्डपमा हल बुकिङ गरी पुस मसान्तमा विशेष महाधिवेशन गर्ने तयारी गरेका छन्।
यता संस्थापन पक्षले नियमित महाधिवेशन वैशाखमा गर्ने निर्णय गरेको छ। कांग्रेसको आन्तरिक विवादले आगामी फागुनमा हुने संसदीय निर्वाचनलाई असर गर्ने देखिएको छ।
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…
गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…