Categories: समाचार

निर्वाचन शान्तिपूर्ण र निष्पक्ष बनाउन सरकार पूर्ण प्रतिबद्ध: प्रधानमन्त्री कार्की

काठमाडौं, माघ ६ । प्रधानमन्त्री सुशिला कार्कीले आगामी फागुन २१ गते हुने निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्न नेपाल सरकार पूर्ण इमान र सामर्थ्यका साथ लागिपरेको बताएकी छन्।

निर्वाचनका लागि देशभर मनोनयन दर्ता सम्पन्न भएको सन्दर्भमा आज जारी अपिलमा प्रधानमन्त्री कार्कीले निर्धारित समयभित्र उत्साहजनक रूपमा मनोनयन दर्ता गराउने सबै राजनीतिक दल र उम्मेदवारप्रति आभार व्यक्त गरिन्। उनले सुरक्षा व्यवस्थामा कुनै सम्झौता नहुने स्पष्ट गर्दै सबै सुरक्षा संयन्त्र उच्च सतर्कता र व्यावसायिक मनोबलका साथ परिचालित रहेको बताइन्।

प्रधानमन्त्रीका अनुसार प्रतिनिधिसभाका १६५ पदका लागि ३,४०० भन्दा बढी उम्मेदवारले मनोनयन दर्ता गर्नु लोकतान्त्रिक प्रणालीप्रतिको जनविश्वासको प्रमाण हो। “आज देखिएको राष्ट्रिय उत्साहले नेपाली जनता लोकतन्त्रलाई सुदृढ बनाउन सचेत र सक्षम छन् भन्ने पुष्टि गरेको छ,” उनले भनिन्।

निर्वाचन प्रक्रियामा देखिएको उत्साह र प्रतिबद्धताले राजनीतिक क्षेत्र मात्र नभई निजी क्षेत्र र समग्र अर्थतन्त्रमा समेत सकारात्मक ऊर्जा सञ्चार गरेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले अब मुलुकबाट अन्योल र अनिश्चितताको अवस्था अन्त्य भएको दाबी गरिन्।

निर्वाचन कार्यतालिकाअनुसार अहोरात्र खटिएर जिम्मेवारी निर्वाह गरेकोमा निर्वाचन आयोगलाई धन्यवाद दिँदै उनले लोकतान्त्रिक अभ्यासलाई सफल बनाउन राजनीतिक दल, नागरिक समाज र सञ्चार माध्यमको रचनात्मक भूमिकाको अपेक्षा गरिन्।

अन्त्यमा प्रधानमन्त्री कार्कीले दिगो लोकतान्त्रिक स्थायित्वका लागि सबै नेपालीलाई निर्वाचनमा सक्रिय र संयमसाथ सहभागी हुन हार्दिक अपिल गरिन्।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान भर्न फ्लाई दुबई इच्छुक, ६ घण्टा लामो प्राविधिक निरीक्षण

पोखरा, २० जेठ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान सञ्चालन गर्ने तयारीले नयाँ…

56 years ago

३०० बालबालिकालाई शैक्षिक सामग्री, १४ जनालाई नगद सहयोग

गोरखा। गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा पद्धति विकास सेवा केन्द्र, गोरखाको साझेदारीमा सञ्चालित एकीकृत…

56 years ago

प्रदेश अस्पताल गोरखामा आयुर्वेद थेरापी कक्ष उद्घाटन, स्वास्थ्य सामग्री हस्तान्तरण

गोरखा। प्रदेश अस्पताल गोरखा र गोरखा नगरपालिकाको संयुक्त आयोजनामा प्रदेश अस्पताल गोरखामा आयुर्वेद थेरापी कक्षको…

56 years ago

प्रेमकुमार खत्रीको पहलमा गोरखामा स्वास्थ्य सेवा विस्तार

गोरखा । गोरखाका दुई स्वास्थ्य संस्थामा आधुनिक स्वास्थ्य परीक्षण सेवा विस्तारका लागि करिब ८० लाख…

56 years ago

चौथो राइजिङ स्टार कपको उपाधि द मन्सटर फेमिलीलाई

गोरखा । गोरखा नगरपालिका–१२ को १० किलोस्थित अढाईगाउँ खेलमैदानमा सम्पन्न चौथो राइजिङ स्टार कप फुटबल…

56 years ago

घाटु नाचले गोरखा गुञ्जायमान, संरक्षणमा चुनौती

गोरखा । गोरखाका मगर र गुरुङ समुदायमा प्रचलित ऐतिहासिक घाटु नाच यतिबेला गाउँबस्तीमा पुनः जीवन्त…

56 years ago