गोरखा । महिलामा हुने पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रभावकारी मानिएको ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप अभियान भोलिदेखि गोरखा जिल्लाका सबै स्थानीय तहमा सञ्चालन हुने भएको छ ।
राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत गोरखा जिल्लामा एचपीभी खोप लगाउन लागिएको प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाका जनस्वास्थ्य निरीक्षक तथा एचपीभी खोप अभियानका फोकल पर्सन नानीबाबु दानीले जानकारी दिए । उनका अनुसार देशैभर आजदेखि सुरु भएको अभियान गोरखामा भने भोलिदेखि सुरु हुनेछ ।
अन्य जिल्लामा फागुन १५ गतेसम्म सञ्चालन हुने यो अभियान गोरखामा भने फागुन १ गतेसम्म मात्र सञ्चालन हुने निरीक्षक दानीले बताए । अभियानअन्तर्गत कक्षा ६ मा अध्ययनरत सबै छात्रा तथा विद्यालयबाहिर रहेका १० वर्ष उमेरका किशोरीलाई एचपीभी खोप दिइनेछ ।
जिल्लाका ११ वटा स्थानीय तहबाट प्राप्त विवरणअनुसार यसपटक १ हजार ८८५ जना किशोरीले खोप पाउनेछन् । गत वर्ष भने सोही अभियानअन्तर्गत १० हजार २२३ जना किशोरीलाई एचपीभी खोप लगाइएको थियो ।
स्वास्थ्य कार्यालय गोरखाकी प्रमुख सिम्रिन काफ्लेले खोप अभियान फरक–फरक पालिकामा फरक–फरक दिन सञ्चालन हुने जानकारी दिँदै एचपीभी खोप सुरक्षित, प्रभावकारी र निःशुल्क भएकाले ढुक्क भएर लगाउन आग्रह गरिन् ।
खोपसम्बन्धी जानकारी दिन आज बिहान कार्यालयमा आयोजित छलफल कार्यक्रममा प्रमुख काफ्लेले प्रारम्भिक किशोरावस्थामै एचपीभी खोप लगाउँदा पाठेघरको मुखको क्यान्सर रोकथाममा प्रभावकारी हुने विभिन्न अध्ययनले देखाएको बताइन् ।
एक अध्ययनअनुसार नेपालमा हरेक वर्ष २ हजारभन्दा बढी महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको छ । महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो प्रमुख कारणका रूपमा रहेको छ, जसका कारण धेरै महिलाले ज्यानसमेत गुमाउने गरेका छन् ।
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…
गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…