Categories: समाचार

कामको फेहरिस्त सुनाउँदै गोरखामा कांग्रेसका उम्मेदवारका पक्षमा मत माग्दै मुख्यमन्त्री पाण्डे

गोरखा । प्रतिनिधि सभा निर्वाचनको माहोल तातिँदै जाँदा गोरखामा नेपाली कांग्रेसका नेता एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे फरक शैलीमा मत मागिरहेका छन् । निर्वाचन आयोगबाट अनुमति लिएर चुनावी कार्यक्रममा सहभागी हुन गोरखा आएका उनले प्रदेश सरकारले पछिल्ला तीन वर्षमा गोरखामा विनियोजन गरेको बजेटको विस्तृत विवरणसहित मतदातामाझ पुगेका हुन् ।

दुईवटा ‘रेकर्ड फाइल’ बोकेर गाउँ–गाउँ पुगेका मुख्यमन्त्री पाण्डेले आर्थिक वर्ष २०८०/८१, २०८१/८२ र २०८२/८३ मा सडक, खानेपानी, सिँचाइ, स्वास्थ्य, पर्यटन तथा सामाजिक क्षेत्रका योजनामा गरिएको बजेट विनियोजनको एक–एक हिसाब प्रस्तुत गर्दै कांग्रेसका उम्मेदवारलाई मत दिन अपिल गरे । “सबै माग पूरा भयो भन्दिनँ, तर धेरै काम भएका छन्,” उनले भने, “बाँकी काम पूरा गर्न प्रतिनिधि सभामा कांग्रेसलाई विजयी गराउनुस्, समानुपातिकमा पनि रुखमै मतदान गर्नुस् ।”

गोरखा–२ (२) बाट प्रदेश सभामा निर्वाचित पाण्डेले आफूले चुनावमा गरेका वाचा कार्यान्वयनतर्फ अघि बढिरहेको दाबी गरे । निर्वाचन क्षेत्रका मुख्य सडकहरू बाह्रै महिना सञ्चालनयोग्य बनाउने प्रतिबद्धता अनुसार काम भइरहेको उनले बताए । “कांग्रेसले जे बोल्छ, त्यो गर्छ,” उनले भने ।

प्रदेश सरकारले सुशासनलाई प्राथमिकता दिएको उल्लेख गर्दै उनले प्रशासनिक खर्च कटौती, कर्मचारी दरबन्दी घटाउने, मन्त्रालय पुनर्संरचना र कार्यालय मर्ज जस्ता कदमबाट वार्षिक करिब ५० करोड रुपैयाँ बचत गरिएको जानकारी दिए । आफ्नो सचिवालयमा आवश्यकभन्दा बढी नियुक्ति नगरेको उल्लेख गर्दै उनले फजुल खर्च रोक्नु पनि सुशासनको हिस्सा भएको बताए ।

युवा लक्षित रोजगारी, कृषिको व्यवसायीकरण, दलित सशक्तीकरणका लागि ऐन निर्माण, गुरुङ–मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय तथा राइड सेयरिङ नियमावली कार्यान्वयनलाई उनले प्रदेश सरकारका उपलब्धिका रूपमा प्रस्तुत गरे । अस्पतालमा बेड तथा विशेषज्ञ सेवा विस्तार र निःशुल्क डायलाइसिस सेवा प्रदेशको प्राथमिकतामा रहेको पनि उनले बताए ।

कार्यक्रममा बोल्दै उनले मतदातालाई पार्टीको सिद्धान्त, नीति, आर्थिक दृष्टिकोण र विगतको काम मूल्यांकन गरेर मतदान गर्न आग्रह गरे । “प्रश्न गर्न पाउने अधिकार नेपाली कांग्रेसले ल्याइदिएको हो,” उनले भने, “हामी प्रश्नबाट भाग्दैनौँ ।”

फागुन ५ देखि १० गतेसम्म गोरखामा रहेका मुख्यमन्त्री पाण्डेले क्षेत्र नं. २ का उम्मेदवार प्रकाशचन्द्र दवाडी र क्षेत्र नं. १ का उम्मेदवार प्रेम खत्रीसहित पार्टीका नेता–कार्यकर्तासँग भेटघाट तथा अन्तरक्रिया गरिरहेका छन् । चुनावी कार्यक्रम अवधिभर उनले निजी नम्बर प्लेटको सवारी साधन प्रयोग गरेको कांग्रेसले जनाएको छ ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

दरौदी नदीमा बेपत्ता भएका शम्शेर नेपाली मृत फेला

गोरखा, साउन ६ । गोरखाको अजिरकोट गाउँपालिका–४ तालफुटेघाटस्थित दरौदी नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका…

57 years ago

बसपार्क होटलमा युवती हत्या प्रकरण: दुई पक्राउ, लुटिएको एक लाख रुपैयाँको बदलामा हत्या

काठमाडौंको नयाँ बसपार्कस्थित होटल माउन्टेन एल्सिभामा साउन ३ गते मृत फेला परेकी २५ वर्षीया युवतीको…

57 years ago

बारीमा काम गर्न गएका युवक मृत फेला

गोरखा, साउन ५ । गोरखाको भीमसेन थापा गाउँपालिका–२ बगुवाका ३३ वर्षीय सागर भट्ट मृत अवस्थामा…

57 years ago

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३३ जना घाइते

चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरेस्थित मुग्लिङ–नारायणगढ सडकखण्डमा आइतबार बिहान दुई बस र एक ट्रक एकापसमा ठोक्किँदा…

57 years ago

पर्सामा धान रोपिरहेका बेला चट्याङ पर्दा सात महिला घाइते

पर्साको पकहामैनपुर गाउँपालिका–१ स्थित सीमावर्ती क्षेत्रमा धान रोपिरहेका बेला चट्याङ पर्दा सात जना महिला घाइते…

57 years ago

माइक्रोबस दुर्घटनामा सहचालकको मृत्यु, सात यात्रु घाइते

रुपन्देहीको ओमसतिया गाउँपालिका–२ सरस्वती टोलस्थित सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ…

57 years ago