बिराज त्रिपाठी
गोरखा क्षेत्र नं. १ मा नेपाली कांग्रेसका राजेन्द्र बजगाईंको जीत सुनिश्चित भएको छ । गठबन्धन तर्फबाट साझा उम्मेदवार बजगाईं १३४६४ मत गणना गर्न बाकी हुँदा नै जीत पक्का भएको हो । बजगाईंको निकटतम प्रतिद्वन्दी नेकपा एमालेका रामशरण बस्नेतको १२२०२ मत आउँदा बजगाईंको २६३८१ आएको छ । हाल बजगाईं र बस्नेतको मतान्तर १४१७९ रहेको छ । हाल गोरखा क्षेत्र नं. १ मा ४१४०७ गणना भइ सकेको छ ।
त्यस्तै गोरखा क्षेत्र नं. २ मा पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को पनि जीत सुनिश्चित भएको छ । गठबन्धन तर्फबाट साझा उम्मेदवार दाहाल १२५७१ मत गणना गर्न बाकी हुँदा नै जीत पक्का भएको हो । दाहालको निकटतम प्रतिद्वन्दी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कवीन्द्र बुर्लाकोटीले ८४६३ मत प्राप्त गर्दा गठबन्धनका उम्मेदवार दाहालले २१०७५ मत प्राप्त गरेका छन । दाहाल आफ्ना प्रतिद्वन्दी भन्दा १२६१२ मतले अघि छन हाल गोरखा क्षेत्र नं. २ मा ४१४०७ मत गणना भएको छ ।
