धादिङ जिल्लाको पृथ्वी राजमार्गमा आइतबार राति भएको भीषण बस दुर्घटनापछि सरकारले छानबिन समिति गठन गर्ने निर्णय गरेको छ। गृह मन्त्रालयमा सोमबार बसेको आकस्मिक बैठकले दुर्घटनाको कारण पत्ता लगाउन विस्तृत अनुसन्धान अघि बढाउने निष्कर्ष निकालेको हो।
पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख १४२१ नम्बरको बस बेनीघाट रोराङ गाउँपालिका–५ भैंसेगौडाबाट त्रिशूली नदी किनारमा खस्दा १८ जनाको मृत्यु भएको पुष्टि भएको छ। १७ जनाको घटनास्थलमै ज्यान गएको थियो भने एक जनाको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
बैठकमा गृहमन्त्री, भौतिक पूर्वाधार मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो। मन्त्रालयका अनुसार सरोकारवाला निकायसँगको परामर्शपछि घटनाको विस्तृत छानबिनका लागि समिति गठन गरिनेछ।
दुर्घटना मध्यरातपछि १ बजेतिर भएको र ज्यान गुमाउनेमा महिला यात्रुहरू पनि रहेको बताइएको छ।
बस त्रिशूली नदी किनारमा खसेको र त्यो ठाउँ ठाडो भिरालो भएकाले घाइतेहरूलाई नदीको एक किलोमिटर जति तल्लो भागमा पुर्याएर उद्धार गर्न सकिएको प्रमुख जिल्ला अधिकारी सुवेदीले बताए।
उपचारको लागि काठमाण्डू पठाइएकाहरूमध्ये कतिपय घाइतेहरूको अवस्था गम्भीर रहेको प्रशासनले जानकारी दिएको छ।
अधिकारीहरूले बस दुर्घटना कसरी भयो भन्ने खुलाएका छैनन्।
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…