समाचार

स्थानीय परिकार र संस्कृतिको प्रवर्द्धन गर्न गोरखामा महोत्सव

गोरखा । नयाँ वर्ष २०८३ लाई लक्षित गर्दै गोरखा सदरमुकाममा ‘तेस्रो रैथाने खाना तथा सडक महोत्सव’ आयोजना हुने भएको छ। गोरखा होटल संघको आयोजनामा चैत ३० गतेदेखि बैशाख १ गतेसम्म सञ्चालन हुने महोत्सवले यस वर्ष पनि स्थानीय संस्कृति, परिकार र पर्यटन प्रवर्द्धनमा विशेष भूमिका खेल्ने अपेक्षा गरिएको छ।

महोत्सवबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा संघका महासचिव सुमन श्रेष्ठले महोत्सवको मुख्य उद्देश्य गोरखाको ऐतिहासिक, धार्मिक र सांस्कृतिक पहिचानलाई उजागर गर्नुका साथै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्नु रहेको बताए। साथै, जिल्लामा उत्पादन हुने स्थानीय खाद्य परिकार तथा उत्पादनलाई बजारीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

यो महोत्सव रैथाने खाना तथा सडक महोत्सवको तेस्रो संस्करण हो। यसअघि दुई पटक सफलतापूर्वक आयोजना भइसकेको महोत्सवले स्थानीय व्यवसायी, होटल व्यवसायी तथा साना उद्यमीलाई उत्साहित बनाएको संघको भनाइ छ।

महोत्सव गोरखा बजारको रानीपोखरी परिसर, ठूलो आँगनदेखि पदेली क्षेत्रसम्मको सडकमा सञ्चालन हुनेछ। महोत्सवमा जिल्लाका सबै स्थानीय तहलाई सहभागी गराउन संघले पत्राचार गरिसकेको छ। प्रत्येक पालिकालाई आफ्ना मौलिक तथा परम्परागत परिकारसहित स्टल राख्न आग्रह गरिएको छ भने त्यस्ता स्टल निःशुल्क उपलब्ध गराइने जानकारी दिइएको छ।
रैथाने खानाका कम्तीमा १५ वटा निःशुल्क स्टल रहने र माग तथा सहभागिताका आधारमा थप स्टल विस्तार गरिने संघले जनाएको छ। महोत्सवमा स्थानीय स्तरमा उत्पादन भएका अर्गानिक खाद्य सामग्री, परम्परागत परिकार, हस्तकला तथा अन्य घरेलु उत्पादनहरू पनि प्रदर्शनी तथा बिक्रीका लागि राखिनेछन्।

संघका कार्यबाहक अध्यक्ष कृष्ण प्रसाद लामिछानेका अनुसार महोत्सवमा करिब १० हजार दर्शक सहभागी हुने अनुमान गरिएको छ। “नयाँ वर्ष मनाउन बाहिरी जिल्लामा जाने प्रवृत्तिलाई कम गर्दै गोरखामै उत्सवमय वातावरण सिर्जना गर्ने र बाहिरी जिल्लाबाट समेत पर्यटक भित्र्याउने हाम्रो लक्ष्य हो,” उनले भने।

दुई दिनसम्म चल्ने महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति, सांस्कृतिक कार्यक्रम तथा नृत्य प्रतियोगिता आयोजना गरिनेछ। यसले स्थानीय कला, संस्कृति र प्रतिभालाई प्रोत्साहन गर्ने विश्वास आयोजकले लिएको छ।

महोत्सवले गोरखाको पर्यटन प्रवर्द्धन, स्थानीय अर्थतन्त्रको चलायमानता र सांस्कृतिक संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा ग्यास चोरी पुष्टि, गणेश भाडा पसललाई ३ लाख जरिवाना; ‘जरिवाना तिरेरै उन्मुक्ति?’

गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…

57 years ago

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago