Categories: समाचार

विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने सरकारी निर्णय, अवरोध भए सुरक्षा दिने

काठमाडौँ । सरकारले विश्वविद्यालय तथा क्याम्पस परिसरभित्र रहेका विद्यार्थी संगठनका ब्यानर, झन्डा, भित्ते लेखनलगायत संरचना हटाउने निर्णय कार्यान्वयनका क्रममा कुनै अवरोध आए सुरक्षा उपलब्ध गराउने निर्णय गरेको छ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले राजनीतिक दलसम्बद्ध विद्यार्थी संगठनका संरचना हटाउने क्रममा सुरक्षा चुनौती देखिए गृह मन्त्रालयमार्फत सुरक्षा व्यवस्था गर्ने बताएका छन्। यसअघि चैत्र २० गते मन्त्री पोखरेलले विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीको अध्यक्षतामा १४ विश्वविद्यालयका उपकुलपतिहरूसँग छलफल गर्दै यस्तो निर्देशन दिएका थिए।
उक्त निर्णयमा उपकुलपतिहरूले हस्ताक्षरसमेत गरिसकेका छन्। छलफलमा संरचना हटाउने क्रममा कुनै समस्या आए तत्काल सुरक्षा निकायलाई जानकारी गराउन र आवश्यक परे विश्वविद्यालय परिसरमै अस्थायी वा स्थायी सुरक्षा युनिट स्थापना गर्न सकिने उल्लेख गरिएको छ। यसका लागि शिक्षा मन्त्रालयमार्फत गृह मन्त्रालयसँग समन्वय गरिने जनाइएको छ ।

सरकारले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी कार्यसूचीको बुँदा नम्बर ८६ अनुसार विश्वविद्यालय परिसरबाट दलीय विद्यार्थी संगठनका संरचना ६० दिनभित्र हटाउने लक्ष्य राखिएको छ। साथै ९० दिनभित्र विद्यार्थी काउन्सिल वा ‘भ्वाइस अफ स्टुडेन्ट’ संयन्त्र विकास गर्ने योजना पनि अघि सारिएको छ।

यता, सरकारको उक्त निर्णयप्रति विभिन्न विद्यार्थी संगठनहरूले विरोध जनाएका छन्। विभिन्न राजनीतिक दलसम्बद्ध १४ विद्यार्थी संगठनले निर्णयलाई अलोकतान्त्रिक भन्दै आन्दोलन घोषणा गरेका छन्।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा ग्यास चोरी पुष्टि, गणेश भाडा पसललाई ३ लाख जरिवाना; ‘जरिवाना तिरेरै उन्मुक्ति?’

गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…

57 years ago

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago