स्वास्थ्य

प्रदेश अस्पताल गोरखामा आयुर्वेद थेरापी कक्ष उद्घाटन, स्वास्थ्य सामग्री हस्तान्तरण

गोरखा। प्रदेश अस्पताल गोरखा र गोरखा नगरपालिकाको संयुक्त आयोजनामा प्रदेश अस्पताल गोरखामा आयुर्वेद थेरापी कक्षको उद्घाटन गरिएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण ढकालको अध्यक्षता तथा गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण बहादुर राना मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रदेश अस्पताल गोरखाका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. शम्भु अधिकारीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने डा. अधिश थापाले आयुर्वेद चिकित्सा सम्बन्धी प्रस्तुतीकरण गरेका थिए ।

सोही अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत दुई संस्थाले अस्पताललाई महत्वपूर्ण स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । सानिमा बैंकले आफ्नो CSR कार्यक्रम अन्तर्गत बालबालिकाको उपचार सेवालाई थप प्रभावकारी बनाउन Pediatric Bed प्रदान गरेको छ । त्यसैगरी रोटरी क्लब गोरखाले प्रयोगशाला सेवाको गुणस्तर अभिवृद्धिका लागि Fully Automated Biochemistry Analyser Machine हस्तान्तरण गरेको छ ।

अस्पतालका अनुसार प्राप्त सामग्रीले उपचाररत बिरामीलाई गुणस्तरीय, सहज तथा छिटो स्वास्थ्य सेवा उपलब्ध गराउन थप सहयोग पुग्ने विश्वास गरिएको छ । सहयोग गर्ने सम्पूर्ण संस्था तथा प्रतिनिधिप्रति अस्पतालले आभार व्यक्त गरेको छ ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago

प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टाछुट्टै शिष्टाचार भेट

२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…

57 years ago

बाँदर–बँदेल नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना बनाउन संसद्मा प्रस्ताव

काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…

57 years ago

प्रदेश अस्पताल गोरखा १०० शय्यामा स्तरोन्नति हुँदै, सेवाग्राहीको संख्या पनि बढ्दो

२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…

57 years ago

पहिरोपीडितलाई भेट्दै सांसद देवकोटा, क्षतिग्रस्त क्षेत्रको निरीक्षण

गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…

57 years ago