पोखरा, २२ जेठ । विश्व वातावरण दिवसको अवसरमा पोखरा महानगरपालिकाका विभिन्न स्थानमा ६ हजारभन्दा बढी बिरुवा रोपिएको छ।
‘ग्रिन पोखरा, क्लिन पोखरा’ अभियानअन्तर्गत आयोजित वृक्षारोपण कार्यक्रममा नगर प्रमुख धनराज आचार्य सहभागी भएका थिए। उनले पोखरालाई स्वच्छ र हरित सहरका रूपमा विकास गर्न मेगा वृक्षारोपण अभियान सञ्चालन गरिएको बताए।
उनले लामो अध्ययन तथा विज्ञहरूको सुझावका आधारमा नगर क्षेत्रका सडक, राजमार्ग, नदी–खोला किनार र सार्वजनिक खुला क्षेत्रमा ३८ प्रजातिका २ लाख २६ हजार बिरुवा रोपिने जानकारी दिए। साथै, घर तथा पसलअगाडि लगाइएका बिरुवाको संरक्षण र नियमित गोडमेल गर्न नगरवासीलाई आग्रह गरे।
प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले पनि अभियानलाई सफल बनाउन प्रत्येक नगरवासीले बिरुवा संरक्षणको जिम्मेवारी लिनुपर्ने बताए। महानगरले वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धनका लागि वृक्षारोपण अभियानलाई निरन्तरता दिने जनाएको छ।
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…