विश्व वातावरण दिवसमा गोरखा जेसीजद्वारा वृक्षारोपण

समाचार

गोरखा, जेठ २२ । विश्व वातावरण दिवस २०२६ को अवसरमा गोरखा जेसीजले गोरखा नगरपालिका–३ स्थित बिन्दाबासिनी संरक्षण मन्दिर परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।

गोरखा जेसीजका अध्यक्ष सुजित श्रेष्ठको अध्यक्षता तथा उपाध्यक्ष सञ्जोग तिमिल्सिनाको संयोजकत्वमा सम्पन्न कार्यक्रममा वडा नं. ३ का अध्यक्ष चुलबहादुर कुँवर प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा धुपी, ज्याकराण्डा र गुलमोहरका ३० भन्दा बढी बिरुवा रोपिएको थियो।

प्रमुख अतिथि कुँवरले गोरखा जेसीजले सञ्चालन गर्दै आएका सामाजिक तथा रचनात्मक गतिविधिको प्रशंसा गर्दै वातावरण संरक्षणका यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे। कार्यक्रममा गोरखा जेसीजका पूर्व तथा वर्तमान पदाधिकारी, स्थानीय संघसंस्थाका प्रतिनिधि, समाजसेवी र स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको समापनमा अध्यक्ष श्रेष्ठले “हरियाली गोरखा, समृद्ध भोलि” नारालाई आत्मसात गर्दै वृक्षारोपणसँगै बिरुवाको संरक्षण र हेरचाहलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। साथै बिरुवा उपलब्ध गराएको डिभिजन वन कार्यालय गोरखाप्रति आभार व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *