Categories: समाचार

सर्लाहीकी ईशा अमेरिकामा जहाज उडाउन सिकाउँदै, व्यावसायिक पाइलट बन्ने लक्ष्य

ईअस्त्र समाचारदाता


सर्लाहीकी २२ वर्षीया ईशा देवकोटा अहिले अमेरिकाको टेक्ससमा फ्लाइट इन्स्ट्रक्टरका रूपमा कार्यरत छिन्। आफूले मात्र होइन, अन्य विद्यार्थीलाई समेत जहाज उडाउन प्रशिक्षण दिँदै उनले नेपाली युवापुस्ताका लागि प्रेरणादायी उदाहरण प्रस्तुत गरेकी छन्।

सन् २०२२ मा उच्च अध्ययन तथा पाइलट प्रशिक्षणका लागि अमेरिका पुगेकी ईशाले करिब ८२ हजार अमेरिकी डलर खर्च गरेर डेल्टा क्वालिफ्लाइटबाट पाइलट कोर्स सफलतापूर्वक पूरा गरेकी हुन्। अध्ययन अवधिभर उनले विभिन्न चरणका उडान प्रशिक्षण पूरा गर्दै व्यावसायिक उड्डयन क्षेत्रमा आफ्नो भविष्य निर्माण गरिरहेकी छन्।

रोचक कुरा के छ भने, ईशाको पहिलो सपना पाइलट बन्ने होइन, डाक्टर बन्ने थियो। तर कोभिड–१९ महामारीका कारण परिस्थिति परिवर्तन भएपछि उनले आफ्नो रुचि र सम्भावनालाई नयाँ दिशा दिँदै पाइलट पेशा रोजिन्। कठिन प्रशिक्षण र निरन्तर मेहनतका कारण आज उनी अमेरिकामै फ्लाइट इन्स्ट्रक्टरको जिम्मेवारी सम्हाल्न सफल भएकी छन्।

हालसम्म उनले ३२५ घन्टा उडान अनुभव हासिल गरिसकेकी छन्। टेक्ससभित्र विभिन्न ट्रायल तथा प्रशिक्षण उडानमा सक्रिय रहेकी ईशाको लक्ष्य सन् २०२७ सम्म ७०० घन्टा उडान अनुभव पूरा गर्नु रहेको छ। त्यसपछि अमेरिकाकै प्रतिष्ठित व्यावसायिक एयरलाइन्समा मुख्य पाइलटका रूपमा करिअर अघि बढाउने उनको योजना छ।

सर्लाहीबाट सुरु भएको ईशाको यात्रा अहिले अमेरिकी आकाशसम्म पुगेको छ। उनको सफलता नेपाली युवायुवतीका लागि सपना देख्न र त्यसलाई पूरा गर्न निरन्तर प्रयास गर्नुपर्छ भन्ने प्रेरणादायी सन्देश बनेको छ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago

प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टाछुट्टै शिष्टाचार भेट

२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…

57 years ago

बाँदर–बँदेल नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना बनाउन संसद्मा प्रस्ताव

काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…

57 years ago

प्रदेश अस्पताल गोरखा १०० शय्यामा स्तरोन्नति हुँदै, सेवाग्राहीको संख्या पनि बढ्दो

२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…

57 years ago

पहिरोपीडितलाई भेट्दै सांसद देवकोटा, क्षतिग्रस्त क्षेत्रको निरीक्षण

गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…

57 years ago