प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्या प्रकरणमा उच्च अदालत जनकपुरले प्रतिनिधिसभाका पूर्वसांसद लक्ष्मी महतो कोइरी र मधेस प्रदेशसभाका निलम्बित सदस्य अभिराम शर्मासहित ६ जनालाई जनही ५ वर्ष कैद सजाय सुनाएको छ।
कामु मुख्यन्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले धर्मेन्द्र राय, रामशङ्कर मिश्र, सुरेश पाण्डे र पवन कापरलाई पनि ५ वर्ष कैदको फैसला गरेको हो।
यस्तै, प्रदीप साह माझी, सञ्जयकुमार साह र मोहन ठाकुरलाई तत्कालीन मुलुकी ऐनअनुसार जन्मकैद सजाय कायम गरिएको छ। उच्च अदालतले महोत्तरी जिल्ला अदालतको यसअघिको जन्मकैदसम्बन्धी फैसला सदर गरेको हो।
अदालतले अनुसन्धान, प्रतिवादीहरूको बयान, साक्षी तथा घटनास्थलका प्रमाणका आधारमा तीन जनाको प्रत्यक्ष संलग्नता पुष्टि भएको र अन्य ६ जना ज्यान मार्ने कार्यमा संलग्न रहेको ठहर गरेको छ।
असई थमन विकको २०७२ भदौ २५ गते मधेस आन्दोलनका क्रममा महोत्तरीमा कुटपिटबाट मृत्यु भएको थियो।
गोरखा प्रहरीले सवारीसाधनमा जडान गरिएको कालो सिसा र कालो स्टिकर हटाउने अभियान सञ्चालन गर्दै २४…
दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ अन्तर्गत कर्णाली राजमार्गको साङ्गेतडा नजिक सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कप्र ०२–००१ ख…
काठमाडौं, असार ८ । असार ५ गते कोशी प्रदेशबाट नेपाल प्रवेश गरेको मनसुन आजदेखि लुम्बिनी…
ईअस्त्र समाचारदाता सर्लाहीकी २२ वर्षीया ईशा देवकोटा अहिले अमेरिकाको टेक्ससमा फ्लाइट इन्स्ट्रक्टरका रूपमा कार्यरत छिन्।…
गोरखा, असार ३१ । विश्व रक्तदाता दिवस २०२६ को अवसरमा गोरखा जेसीजले गोरखा नगरपालिका–६ स्थित…
गोरखा नगरपालिका–७ छिपिनीटोलस्थित गोरखा घर (दोहोरी) नजिक कुटपिटबाट घाइते भएका एक युवकको मृत्यु भएपछि प्रहरीले…