१७ बर्ष पछि छोरी जन्माएर मार्ने आमा पक्राउ

समाचार

गोरखा, फागुन १९ । छोरी जन्माएर मार्ने एक आमालाई गोरखा प्रहरीले १७ बर्षपछि पक्राउ गरेको छ । २०६६ साल माघ ७ गते छोरी जन्माएर मारेकी सहिद लखन गाउँपालिका -७ बुंकोटकी ३६ बर्षकी मञ्जु श्रेष्ठलाई गत मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अदालतबाट कर्तव्य ज्यान मुद्दामा २ बर्ष कैद र जरिवाना तोकिई फरार रहेका श्रेष्ठलाई पक्राउ गर्नको लागि परिचालित फैसला कार्यान्वयन बिशेष टोलीले २०८० फागुन १५ गते पक्राउ गरेको थियो ।

छोरी जन्म दिएर हत्या गरेको आरोपमा मुद्दा खेपेकी श्रेष्ठलाई गोरखा जिल्ला अदालतले २०६८ सालको माघ ३ गते तीन महिना कैद र पाँचसय रुपैयाँ जरिबाना फैसला गरेको थियो । मुद्दा पुनरावेदन हुँदा सर्वोच्च अदालतले २०६९ चैत २३ गते उनलाई दुई बर्ष कैद सजाय फैसला गरेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *