काठमाडौंको नयाँ बसपार्कस्थित होटल माउन्टेन एल्सिभामा साउन ३ गते मृत फेला परेकी २५ वर्षीया युवतीको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जुम्लाको चन्दननाथ नगरपालिका–१ घर भई नेपालगन्ज बस्दै आएका ३८ वर्षीय दानबहादुर शाही र दैलेखको डुंगेश्वर गाउँपालिका–६ का २७ वर्षीय रमेश बुढा रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार दुवै जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न अदालतबाट ७ दिनको म्याद लिइएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार रमेश बुढाले हत्या गरेको स्वीकार गरेका छन्। उनले असार ३१ गते बसपार्क क्षेत्रमा भेटिएकी युवतीले होटलमा लगेर आफूलाई बाथरुममा थुनेर झोलामा रहेको एक लाख रुपैयाँ लिएर फरार भएको आरोप लगाएका छन्।
प्रहरीका अनुसार त्यसको दुई दिनपछि रमेशले ती युवतीलाई फेरि भेटेर दानबहादुर शाहीले बुक गरेको होटलको कोठा नम्बर ४०४ मा लगेका थिए। त्यहाँ पैसा फिर्ता माग्ने क्रममा विवाद भएपछि युवतीले बियरको बोतलले आक्रमण गर्न खोजेको र त्यसपछि बोतल तथा बेल्ट प्रयोग गरी हत्या गरेको बयान उनले दिएका छन्।
हत्यापछि शव पलङमुनि लुकाइएको थियो। साउन १ गते होटल छाडेपछि अन्य ग्राहक सोही कोठामा बसे पनि शवबारे थाहा पाएनन्। साउन ३ गते कोठा सफा गर्न गएका कर्मचारीले दुर्गन्ध आएपछि पलङमुनि शव फेला पारेका थिए।
सीसीटीभी फुटेज, होटलको लगबुक र अनुसन्धानका आधारमा प्रहरीले रमेश बुढालाई काठमाडौंबाट र कोठा बुक गरेका दानबहादुर शाहीलाई नेपालगन्जबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार हालसम्मको अनुसन्धानबाट हत्या घटनामा रमेश बुढाको प्रत्यक्ष संलग्नता देखिएको छ भने हत्या भएको कोठा दानबहादुरको नाममा बुक भएकाले उनीमाथि पनि थप अनुसन्धान भइरहेको छ।
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…