अविरल वर्षापछि आएको पहिरोले गोरखा नगरपालिका–९ लक्ष्मीबजार दिवामार्गस्थित एक तीनतले पक्की घर पूर्ण रूपमा ध्वस्त हुँदा एक जना घाइते भएका छन्।
सोमबार बिहान करिब ११ बजे मानसिंह गुरुङको तीनतले पक्की घर जगबाट पहिरोसँगै करिब १५–२० मिटर तल खसेर पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ।
घरमा डेरा गरी बस्दै आएका रौतहटको कटरिया नगरपालिका–७ घर भएका ५८ वर्षीय टोखान महतो घरभित्रै रहेका बेला पहिरोमा परेर घाइते भएका हुन्। उनको पेट र खुट्टामा सामान्य चोट लागेको छ। प्रहरी टोलीले घटनाको करिब १० मिनेटपछि उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल गोरखा पठाएको छ। उनको अवस्था बोल्न सक्ने र मध्यम रहेको जनाइएको छ।
घटनामा कृष्णदेव महत्तोको चारतले पक्की घरमा पनि आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ।
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…