गोरखामा युवकको हत्या आरोपमा चार जना पक्राउ

समाचार

गोरखा नगरपालिका–७ छिपिनीटोलस्थित गोरखा घर (दोहोरी) नजिक कुटपिटबाट घाइते भएका एक युवकको मृत्यु भएपछि प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार जेठ २७ गते राति बारपाक सुलिकोट गाउँपालिका–३ का ३२ वर्षीय सन्तबहादुर गुरुङमाथि अज्ञात व्यक्तिहरूले लातमुक्का तथा ढुंगाले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए। उपचारपछि घर फर्किएका गुरुङ जेठ २९ गते बेहोस भई ढलेपछि पुनः प्रदेश अस्पताल गोरखा लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको थियो।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले गोरखा नगरपालिका–७ का २४ वर्षीय बोनस शाक्य, गोरखा नगरपालिका–८ मा बस्दै आएका २३ वर्षीय मिङमर गुरुङ, सिरानचोक–२ का २९ वर्षीय होमराज गुरुङ र धार्चे–१ का २४ वर्षीय सन्तोष गुरुङलाई नियन्त्रणमा लिएको छ।

प्रहरीले हत्या सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *