गोरखा । जिल्लामा सुरक्षा व्यवस्थापन र निगरानी कमजोर बन्दै जाँदा चोरीका घटना बढ्न थालेका छन् । शुक्रबार एकै दिन पाँचवटा घरमा चोरी भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
गोरखा नगरपालिका–२ शिखर र पालुङटार नगरपालिकाका विभिन्न वडास्थित घरबाट नगद तथा सुनका गरगहना चोरी भएका छन् । चोरीबाट लाखौँ रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । घरमा कोही नभएको मौका छोपी दिनदहाडै ताल्चा फुटाएर चोरी गरिएको पीडितले बताएका छन् ।
यसअघि भीमसेन थापा गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिकामा समेत चोरीका घटना भएका थिए । केही घटनाका आरोपित पक्राउ परे पनि पछिल्ला चोरीका घटनामा संलग्न व्यक्ति अझै पहिचान हुन सकेका छैनन् ।
सदरमुकाम आसपाससमेत चोरीका घटना बढेपछि स्थानीय त्रसित बनेका छन् । जिल्ला प्रहरी प्रमुख एसपी अनिलकुमार खड्काले घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षकको कमाण्डमा टोली परिचालन गरिएको र सादा पोसाकमा समेत प्रहरी खटाइएको बताएका छन् ।
२०८३ कात्तिक ३० गते । बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा अटो रिक्सा दुर्घटना हुँदा एकै परिवारका…
२०८३ कात्तिक २९ गते । मुगुमा हाईलक्स जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ…
गोरखा । २०८३।०७।२२ गोरखाको चुमनुब्री गाउँपालिका–३ फिलिमबाट दुई महिलासहित एक नवजात शिशुको नेपाली सेनाको हेलिकप्टरमार्फत…
गोरखा। गोरखाको चुमनुब्री गाउँपालिका–१ साम्दोस्थित दिन्द्रुक खोलामा सुक्खा पहिरो खस्दा करिब २०० मिटर लामो ताल…
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…