गोरखामा कारागारबाट भागेका ६ कैदी नियन्त्रणमा, ५ कर्तब्यज्यान र १ चोरी मुद्दाका

समाचार

गोरखा प्रहरीले जेन–जी आन्दोलनको अवसर पारेर कारागार फोडी भागेका ६ जना कैदीलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार पक्राउ परेकामध्ये ५ जना कर्तब्यज्यान मुद्दाका र १ जना चोरी मुद्दाका रहेका छन् ।

प्रहरीले नियन्त्रणमा लिएका कर्तब्यज्यान मुद्दाका कैदीहरू कास्की कारागारबाट भागेका सोनाम दोर्जे लामा, छेवाङ लामा, सोनाम ग्याल्गेन लामा, तेन्जिङ रिक्तेल लामा र राजेश विश्व सुनार हुन् । उनीहरू सबै कास्की कारागारमा थुनामा रहेका बेला आन्दोलनकै बेला भागेर गोरखा पुगेका थिए ।

त्यस्तै तनहुँ कारागारमा चोरी मुद्दामा रहेका विशाल उपरकोटीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरूलाई मजुवा देउराली प्रहरी चौकी र गोरखा सदरमुकामबाट पक्राउ गरिएको हो । हाल सबैलाई जिल्ला प्रहरी कार्यालय गोरखाको बन्दीगृहमा राखिएको र थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *