राजनीति

अचेल तपाईँहरू कहाँ हुनुहुन्छ ? चुनाव आउन लाग्यो !

विराज त्रिपाठी

गत वर्षको असार अहिलेको असार बीचमा खासै केही फरक छैन । मौसम उस्तै छ, बेलाबेला झरी परिरहेको छ । सामान्य जागिर गरेर जीविकोपार्जन गर्ने मानिसका लागि १२ महिनापछि आएको असार त्यति सहज छैन, जति सहज १२ महिनाअघिको असारमा थियो । यो असारमा चुल्होमा बल्ने एलपी ग्यासलाई १८ सय तिर्नुपर्छ । अघिल्लो असार  १४५० मात्रै पर्थ्यो ।

 

यही असार / साउनमा ६० रुपैयाँ किलो पर्ने चामलको पिठो १३० पुग्यो । यही असारले ९० रुपैयाँ पर्ने ताइचिन चामललाई १५० पुर्‍याइदियो । २३० पर्ने सनफ्लावर तेललाई ३५० पुर्‍याइदियो । १४० पर्ने मुसुरो दाललाई १७५ पुर्‍याइदियो । २१० पर्ने डाल्डाको घिउ ३३० पुर्‍याइदियो ।

२४० पर्ने काँचो तोरीको तेल ३८० पुर्‍याइदियो यही असारले । अघिल्लो असारमा यति बेला केपी शर्मा ओली प्रधानमन्त्री थिए, अहिले शेरबहादुर देउवा हुनुहुन्छ तर ओलीले छाडेर गएको बजार मूल्य एक वर्षमै यति सारो किन आकासियो ? नागरिकले देउवासँग प्रश्न गर्न पाउने कि नपाउने ? कि प्रश्न गर्दा प्रतिगमनको पक्षधर भइन्छ ?

तरकारीहरू छुनै सकिन्न । फलफूललाई किन्नै सकिन्न । हरियो धनियाँको पत्ती मात्रै १००० रुपैयाँ किलोभन्दा महँगो पर्छ । काउली, च्याउहरूलाई छुनै सकिन्न । पसलमा गएर रेट सोधेर मात्रै फर्कनुपर्ने स्थिति छ ।

सानो सपना, साना रहर र साधारण जीवन जिउन रुचाउने हामीजस्ताका लागि यो महँगीले नराम्रोसँग ढाड सेकाइरहेको छ । उकुसमुकुस बनाइरहेको छ । तर, यसको जिम्मा कसले लिन्छ ? कसका कारण आमनागरिककोे जीवन दिनप्रतिदिन यसरी जटिल बनेर गइरहेको छ । कसका कारण एउटा सामान्य नागरिकलाई किराना पसलेले पत्याइरहेको छैन ? किराना पसलको उधारो तिर्न सकिरहेका छैनन् ।

माइतीघरको सडकबाट सिंहदरबार छिरेको सरकारले शताब्दीऔंदेखि सडकमै रहेका नागरिकका जीवनलाई कति असहज बनाएका छन् भनेर बुझ्नलाई तपाईँ पेट्रोलपम्पअघि एक घण्टा मात्रै उभिनुहोस् । ८०/९० पर्ने डिजेललाई १९२/१७२ तिरिरहेका नागरिकलाई हेर्नुहोस् जीवन कति असहज बनिरहेको छ । १०० प्रतिलिटर तिरिरहेको पेट्रोललाई १९९ / १८० तिरिरहेका नागरिकलाई सोध्नुहोस्, महँगीले कहाँ कहाँ हिर्काएर थला पारेको छ ।

उत्तर सहज छैन । तर, त्यति जटिल पनि छैन कि जसको ठोस उत्तर पाउनका लागि रिसर्च नै गर्न परोस् । गत वर्ष नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरे । उक्त विघटन गैर संवैधानिक भयो भनेर उनको चर्को विरोध भयो । वृहत् नागरिक आन्दोलनले सडक सङ्घर्ष सुरु गर्‍यो ।

यही बीचमा नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालको नेतृत्वमा पार्टीका आधा नेताहरू सडकमा आए । ‘हामी यहाँ छौँ’ भनेर सडकमा आएका नेताहरूको मूल उद्देश्य प्रतिनिधिसभा विघटन भन्दा पनि विघटनलाई कारण देखाएर सडकमा छरपस्ट पारिएको पार्टीको आन्तरिक अन्तरसंघर्ष थियो ।

जसको परिणति पाँच वर्षका लागि जनताको मत पाएको नेकपा तीन टुक्रामा विभाजित मात्रै बनेन, बहुमतको जनमत पाएको सरकार ढल्यो । ओली पदबाट पदच्युत भए । इतिहासकै विशाल पार्टी एकता गरेका नेताहरू एमाले, माओवादीमै फर्किए । एमालेभित्रकै नेपाल, झलनाथ खनाल लगायतले २३ जना प्रतिनिधसभा सांसद लिएर नेकपा समाजवादी पार्टी गठन गरे ।

पाँच वर्षसम्म सरकारमा जाने कल्पना पनि नगरेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बन्यो । यसपछि बदलिएको राजनीतिक कोर्सले आम नागरिकको जीवनमा कति प्रभाव पार्दै गयो, जम्मा किराना पसलमा एक घण्टा उभिएर हेरे पुग्छ । उधारोका लागि याचना गरिरहेका निमुखा नागरिकको सुकेको ओठलाई हेरे पुग्छ । उनीहरूको निन्याउरो अनुहारलाई हेरे पुग्छ ।

माइतीघरमा पलेँटी कसेर बसेर ‘हामी यहाँ छौँ’ भनेर सरकार गठनको प्रक्रिया सुरु गरेका नेपाल, प्रचण्डहरू अहिले सिंहदरबारमा छन् । दैनिक बालुवाटारमा बैठक बस्छन् । कसको भागबन्डा कहाँ पुगेन, कसलाई कुन पद नपाउँदा अन्याय भयो भन्ने बाहेक जनताको सास्तीमाथि कहिले बैठकमा छलफल भयो ? कसलाई कहाँ नियुक्ति दिने, लाभको पदमा कसलाई राख्ने भन्ने बाहेक बालुवाटारको बैठकले महँगी घटाउने उपाय खोज्यो ?

माइतीघरको सडकमा पसारिएर ‘हामी यहाँ छौँ’ भन्दै सरकार गठनको प्रक्रिया सुरु गरेर सिंह दरबार छिरेकाहरूले फेरि माइतीघरमा आएर जनताको दुःख, कष्ट सुन्ने यत्न गरे ? कहिले जनताको माझमा पुगेर उनीहरूसित संवादको प्रयत्न गरे ? महँगीमाथि कहिल्यै अर्थपूर्ण छलफल गरे ?

फेरि उनीहरू माइतीघरमा आएर ‘हामी यहाँ छौँ’ भन्नका लागि के नयाँ सरकार गठनकै प्रक्रिया सुरु हुनुपर्ने हो ? यस वेला उनीहरूलाई आम नागरिक एकै प्रश्न सोधिरहेका छन्, ‘तपाईँहरू कहाँ हुनुहुन्छ ?’ जवाफ दिनु पर्छ कि पर्दैन ?

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago