विराज त्रिपाठी
नेपालको संविधान-२०७२ बमोजिमको संघीय तथा प्रादेशिक निर्वाचन आउन अब धेरै पर छैन । आगामी निर्वाचनको राजनीतिक शक्ति सन्तुलन, गणितीय समीकरण र परिणाम कस्तो होला ? जनस्तरमा चासो र चर्चा हुन थालिसकेको छ ।
गत निर्वाचनको भन्दा यसपालिको परिदृश्य निकै फरक छ । गत चुनावमा स्थानीय निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (माओवादी)को गठबन्धन थियो । एमाले पार्टी एक्लै र एकताबद्ध थियो । नयाँ दलहरूलाई भिन्नै निर्वाचन चिहृन दिइएको थिएन ।
तथापि उपत्यकामा विवेशकील र साझा पार्टीका स्वतन्त्र मेयर उम्मेदवारले उल्लेखनीय मत हासिल गरेका थिए । आम चुनावमा यी दुई पार्टी एक भए । प्रत्यक्षतर्फ जित्न र संघीय थ्रेसहोल्ड काट्न नसके पनि विकेकशील साझाले वागमतीमा प्रादेशिक थ्रेसहोल्ड काटेको थियो ।
जनताको घरदैलोको सरकार हो, स्थानीय तह। जन्मदेखि मृत्युसम्मका सबै सरकारी कामको रेकर्ड राख्ने र आवश्यक सेवासुविधा दिने काम यो सरकारबाटै हुन्छ। पारिवारिक सम्बन्ध, परिवारको आर्थिक स्थिति निर्धारण, व्यक्तिको जन्म, बिहे, मृत्यु, पारपाचुके दर्ता अभिलेखीकरण गर्ने काम पनि स्थानीय सरकारबाटै हुन्छ। कर निर्धारण र नागरिकताको लागि सिफारिस कार्यमा पनि स्थानीय तहका वडा र पालिकाहरूको भूमिका महत्त्वपूर्ण हुन्छ।
विकास निर्माणमा स्थानीय जनप्रतिनिधिको अहम् भूमिका हुन्छ। योजना बनाउनेदेखि कार्यान्वयनका लागि आवश्यक बजेट विनियोजनका काममा पनि स्थानीय तहकै जनप्रतिनिधिहरू संलग्न हुन्छन्। त्यसैले स्थानीय तहको निर्वाचनबाट स्थानीय तहमा योग्यपात्र चयन गर्नुभयो होला ।
जनताभन्दा आफूलाई ठूलो सम्झिने, पिर्के सलामी कुर्सी सलामीमा रमाउने, उचाल्न नसकिने मालाको अभिनन्दन, खोज्ने, खर्चिलो र भड्किलो तामझाम मन पराउने नेताले आफूलाई जनताको सेवक सम्झिँदैनन्। अबको संघीय तथा प्रादेशिक निर्वाचनमा यस्ता उम्मेदवारलाई भोट हाल्नुअघि नै चिनौं ।
अबको संघीय तथा प्रादेशिक निर्वाचनमा आर्थिक घोटालामा नमुछिएको, सामाजिक रूपमा विभेद नगर्ने, असहिष्णुता फैलाउने गतिविधिमा संलग्न नभएको, अशक्त, अपांग, महिला, अशिक्षित, गरिब, बेरोजगारजस्ता पिछडिएका वर्गप्रति सद्भाव, सम्मान, सहानुभूति राख्ने उम्मेदवारलाई प्राथमिकता दिनैपर्छ। बोक्सीको आरोप लगाउने, सुकुम्बासी भनेर हेप्ने, विदेशी वा धनीको अगाडि लत्रिने, तर सर्वसाधारणको अगाडि डुक्रिने, अरूको आस्था, रीतिरिवाज परम्परा, भाषासंस्कृति, पेसाप्रति हेयदृष्टि राख्ने, पारिवारिक र सामाजिक झगडामा रमाउनेलाई कुनै हालतमा पनि भोट दिनु हुँदैन।
सामाजिक न्याय, आपसी सद्भाव, शान्ति, सहअस्तित्व, सहिष्णुता, बहुजनहिताय, बसुधैव कुटुम्बकम्, सर्वे भवन्तु सुखिन, परस्पर सहयोग र कर्तव्यपरायणता हाम्रो सभ्यताका मूलमन्त्र हुन्। यी र आधुनिक विज्ञान तथा प्रविधिमा आधारित सामूहिक प्रयासबाट मात्र हाम्रो समाजको उत्थान सम्भव छ। हामीले चुन्ने प्रतिनिधि समाजको यस्तो प्रयासलाई नेतृत्व दिन सक्ने र दिन चाहने मनसाय राख्ने व्यक्ति हुन आवश्यक छ।
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…