गोरखाको २ प्रतिनिधि सभा र ४ प्रदेश सभा निर्वाचनमा गठबन्धन्का सबै उम्मेदवार बिजयी

राजनीति

विराज त्रिपाठी

गोरखा जिल्लामा प्रतिनिधि सभा सदस्यीयका लागि भएको चुनाव गोरखा क्षेत्र न १ र गोरखा क्षेत्र न २ सम्पन्न भएको छ ।

गोरखा क्षेत्र न १ प्रतिनिधि सभा सदस्यीय चुनावमा राजेन्द्र बजगाईँ विजयी हुनु भएको छ । नेपाली काङ्ग्रेसका बजगाईँले १६६४३ मतको फराकिलो मतान्तरले निकटतम प्रतिद्वन्दी नेकपा एमालेका रामशरण बस्नेतलाई हराउनु भएको छ । बजगाईँले ३३४२८ मत प्राप्त गर्नु भएको छ भने निकटतम प्रतिद्वन्दी नेकपा एमालेका रामशरण बस्नेतले १६७८५ मत प्राप्त गर्नु भएको छ त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुवर्ण रोकाय ४८९२ मत प्राप्त गरि तेस्रो स्थानमा हुनु हुन्छ । गोरखा १ मा कूल एकलाख १५ हजार ३९७ मतदाता मध्य ६० हजार ४३१ मत खसेको थियो । साथै नेपाली काङ्ग्रेसका उम्मेदवार राजेन्द्र बजगाईँ र नेकपा एमालेका उम्मेदवार रामशरण बस्नेत २०७४ सालको निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ को प्रदेश सभा ‘ख’ मा सँगै प्रतिस्पर्धा गर्नु भएको थियो ।

तत्कालिन समयमा (माओवादी र एमाले) बाम गठबन्धनबाट प्रदेश सभाको उम्मेदवार रहनु भएको बस्नेतले बजगाईँलाई पराजित गर्नु भएको थियोे । बस्नेत गण्डकी प्रदेशको भौतिकपूर्वाधार बिकास मन्त्री पनि हुनु भएको थियोे ।उक्त चुनावमा बस्नेतले १६ हजार छ सय ५६ र बजगाईले १३ हजार एक मतप्राप्त गर्नु भएको थियो ।                     

त्यस्तै गोरखा क्षेत्र न २ प्रतिनिधि सभा सदस्यीय चुनावमा फराकिलो मतान्तर सहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बिजयी हुनु भएको छ ।

सुरुवात देखि नै अग्रता लिदै आउनु भएको प्रचण्डले आफ्ना निकटतम प्रतिद्वन्दी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कबिन्द्र बुर्लाकोटिलाई १३४६५ फराकिलो मतान्तरले हराउनु भएको हो । सो क्षेत्रमा खसेको कूल ५४ हजार ३१  मत मध्ये प्रचण्ड एक्लैले २६ हजार १०३ मत ल्याएर  विजयी हुनु भएको छ । उहाले कूल मतदानको तुलनामा ५१ प्रतिशत मत आफ्नो पक्षमा पार्नु भएको छ ।

उहाँको निकटतम प्रतिद्वन्दी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कबिन्द्र बुर्लाकोटिले १२६३६ प्राप्त गरि दोस्रो स्थानमा हुनु हुन्छ र त्यस्तै नेकपा एमालेका उम्मेदवार सलाम मियाले ७३९२ मत प्राप्त गरि तेस्रो स्थानमा हुनु हुन्छ ।

दुई निर्वाचन क्षेत्र रहेकाे गोरखाका चार वटै प्रदेश सभामा लाेकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारले जित हासिल गरेका छन् ।

साेमबारदेखि सुरु भएकाे मतगणना अन्तरगत गोरखाका ४ वटै प्रदेशकाे अन्तिम नतिजा आउदा सबैमा फराकिलाे मतान्तरसहित गठबन्धनका उम्मेदवार निर्वाचित बनेका हुन् ।

गठबन्धनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस, जनमाेर्चा रहेपनि गोरखामा काँग्रेस र माओवादीका मात्रै उम्मेदवार बनेका थिए । जसमा नेपाली काँग्रेसले २ सिट र नेकपा माओवादीले २ जिटमा जित हासिल गरेका हुन् ।

जसअनुसार गोरखा क्षेत्र नम्बर १ काे प्रदेश सभा १ मा माओवादीका कृष्ण धिताल निर्वाचित हुनु भएको छ ।

धितालले एमालेका उम्मेदवार सुरेन्द्रबहादुर थापालाई पराजित गर्नु भएको हो । विजयी भएका धितालले १५ हजार चार सय ५७ मत प्राप्त गर्दा पराजित भएका थापाले ९ हजार ८ सय २२ मत प्राप्त गर्नु भयो ।

यस प्रदेशमा ३० हजार ७ सय ४६ मत खसेकाे थियाे जसमा १ हजार २ सय ६ मत बदर भएकाे छ ।         

गोरखा क्षेत्र नम्बर १ काे प्रदेश सभा २ मा नेपाली काँग्रेसका उम्मेदवार नन्द प्रसाद न्याैपाने विजयी हुनु भएको छ ।

काँग्रेस गोरखाका सभापति समेत रहेका न्याैपानेले नेकपा एमालेका माेहन भट्टराईलाई ८ हजार ७ सय २८ मतान्तरले हराउदै विजयी हुनु भएको हो ।

२९ हजार ६ सय ८६ मत खसेकाे यस प्रदेशमा न्याैपानेले १६ हजार २ सय ६२ मत प्राप्त गर्नु भएको छ भने एमालेका भट्टराईकाे ७ हजार ५ सय ३३ मत आएकाे छ ।

साेही प्रदेशबाट स्वतन्त्र उम्मेदवारी दिएका राजेन्द्र पराजुलीकाे ३ हजार ५ सय ८८ मत आएकाे छ ।                               

गोरखा क्षेत्र नम्बर २ काे प्रदेश सभा १ मा नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकाेटा विजयी हुनु भएको छ ।

लाेकतान्त्रिक बाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकाे चुनाव चिन्ह लिएर उम्मेदवार बनेका देवकाेटाले एमालेका उम्मेदवार राजु रानालाई पराजित गर्नु भएको हो।

देवकाेटाले १२ हजार ४ सय ११ मत ल्याउदा एमालेका रानाकाे ५ हजार ४ सय १० मत आएकाे छ ।


गाेरखा क्षेत्र नम्बर २ काे प्रदेश सभा ख मा नेपाली काँग्रेसका उम्मेदवार सुरेन्द्रराज पाण्डे विजयी हुनु भएको छ ।

लाेकतान्त्रिक बाम गठबन्धनका तर्फबाट उम्मेदवार बन्नु भएको पाण्डेले नेकपा एमालेका बसन्त गुरुङलाई फराकिलाे मतान्तरसहित पराजित गर्नु भएको हो।

२७ हजार ३ सय २७ मत खसेकाे साे प्रदेश सभामा काँग्रेसका पाण्डेलाई १६ हजार ८ सय ८२ मत प्राप्त भएकाे छ ।

उहाँको निकटतम प्रतस्पर्धी एमालेका गुरुङलाई ५ हजार ३ सय ६० मत प्राप्त भएको छ । पाण्डे र गुरुङवीच ११ हजार ५ सय २२ मतान्तर भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *