स्वास्थ्य

जनैपुर्णिमा : जान्नुहोस् ! क्वाँटी खानुका फाइदा र महत्व

आज श्रावण २७ गते  श्रावण शुक्ल पूर्णिमा अर्थात जनैपुर्णिमाको दिन हो । यसदिन विशेष गरेर नेवार समुदायमा घर घरमा क्वाँटी खाने प्रचलन छ ।

तर पछिल्लो सयम सबै समुदायको मानिसहरुमा क्वाँटीको लोकप्रियता बढेको छ ।चना, बकुल्ला, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ लगायतका नौ वटा गेडागुडी मिसाएर बनाएको हुन्छ क्वाँटी।

क्वाँटी टुसा उमारी बनाइने विशेष प्रकारको झोलिलो खानेकुरा हो। क्वाँटी नेवारी शब्द हो। जसको अर्थ क्वाँ भनेको तातो र टी भनेको तरल पद्धार्थ हुन्छ। क्वाँटी विशेष गरी जनैपूर्णिमाका दिन खाने चलन छ। जनैपूर्णिमाका दिन क्वाँटी खानाले वर्षभरिको चिसोबाट बच्न सकिने कतिपयको बुझाई समेत छ।

यति मात्र नभई जनै पूर्णिमा भन्ने बित्तिकै वर्षा समयको अन्तिम समय भन्ने बुझिन्छ। वर्षा समयमा विशेषगरी बालक र वृद्धालाई हुने चिसोपनाबाट शरीरलाई न्यानोपना प्राप्त होस् साथै बर्खाको समयमा खेतीकिसानी गर्नेहरुलाई बढी पौष्टिक आहार चाहिने भएकाले क्वाँटीको विशेष महत्व रहेने संस्कृतविद्ले बताएका छन् ।

क्वाँटी अत्यन्तै पोषिलो खाने कुरा हो। यसलाई घरमा बनाएर जुनसुकै समयमा पनि खान सकिन्छ। कुनै पनि समयमा मानिसलाई कमजोर महसुस भएको खण्डमा क्वाँटी खानु उपयुक्त हुने चिकित्सकहरुको भनाई छ ।

यो पर्वमा क्वाँटी खाने चलन परापूर्वकालदेखि नै चलिआएको हो। क्वाँटी बनाउनका लागि प्रयोग गरिएका नौ प्रकारका गेडागुडी प्रोटिनले भरिपूर्ण हुन्छन्।

 

क्वाँटी मात्र खाने होइन यस दिन मानिसहरु पूर्व फर्केका नौ वटा धारामा नुहाउने, नौ थरीको लुगा लगाउने समेत गरेको पाइन्छ। जसका कारण यो पर्वले नौसँग जाडिएका धेरै कुराको महत्व बोकेको संस्कृतिविद्हरुको भनाई छ।

क्वाँटी खाँदा हुने केही फाइदाहरु

१. कब्जियतको समस्या हटाउँछ । क्वाँटी रेसादार खानाको स्रोत हो

२. मधुमेह तथा पायल्स भएका मानिसलाई समेत फाइदा गर्छ । तर मधुमेह भएकाले चिकित्सक तथा डाइटिसियनसँग भने एकपटक सल्लाह लिन आवश्यक छ

३. यसले बूढो हुने गति मन्द पार्नुको साथै मानिसलाई सुन्दर स्वस्थ र रोगमुक्त पार्दछ

४. तुरुन्त प्रयोग हुन सक्ने शरीरलाई चाहिने शक्तिको स्रोत दिन्छ

५. यो सजिलै पाच्य हुन्छ

६. पेटमा अनावश्यक वायु बनाउँदैन

७. क्वाँटीमा भिटामिन ए, भिटामिन बी, भिटामिन सी, भिटामिन ई तथा खनिज पदार्थ प्रशस्त मात्रामा हुन्छ । यसले शरीरको थकाइ कम गर्छ र तनावबाट मुक्त गराउँछ

८. रोग प्रतिरोधात्मक शक्ति बढाउछ

९. रोगी, बालवालिका तथा बृद्धमा हुने कुपोषण हटाउन सकिन्छ

१०. क्वाँटीको नियमित सेवनले स्मरणशक्ति पनि बढ्छ

११. मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ

१२. रक्तसञ्चार तथा स्नायु प्रणालीलाई धेरै फाइदा पुग्छ

१३. टुसाएका गेडागुडीमा क्षारीय गुण बढी हुन्छ । त्यसैले, क्वाँटी खानाले ‘एसिडिटी’ तथा मूत्रनलीमा संक्रमणजस्ता समस्याबाट पनि छुट्कारा मिल्छ

१४. पाचनशक्तिमा सुधार ल्याउँछ

१५. गेडागुडीमा हुने सबै पौष्टिक तत्त्व शरीरले लिन सक्ने भएकाले सौन्दर्यमा पनि निखार आउँछ ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago