देशभर अहिले हात्तीको संख्या ४ सय हाराहारी पुगेको छ । करिब १५ वर्षअघि अर्थात् सन् २००८ मा डेढ सय हाराहारीमा रहेको हात्तीको संख्या अहिले झन्डै दोब्बरभन्दा बढी पुगेको हो । मानव–द्वन्द्वका बाबजुद पनि देशमा हात्तीको संख्या वृद्धि भएको हो । यो द्वन्द्वका कारण मान्छेसँगै हात्ती पनि मारिने क्रम बढेको छ । २० वर्षमा ३९ वटा हात्ती मारिएका छन् । जसमध्ये ३४ विद्युतीय झट्काका कारण र ६ वटा हात्ती गोली प्रहारका कारण मारिएका हुन् ।
नेपालमा १ सय ७६ हात्ती घरपालुवा छन् । ती हात्ती विभिन्न राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु आरक्ष क्षेत्रमा रहेका छन् । जसमध्ये ९९ वटा हात्ती सरकारी तबरबाट र ७७ हात्ती निजी रुपमा पालिएको छ ।
हात्ती विज्ञ रामले हालै भारतको वन्यजीव संस्थानबाट ‘एसियाली हात्तीको बासस्थान, जनसंख्या र मानवसँगको सम्बन्ध’ बारे विद्यावारिधी गरेका हुन् । त्यही क्रममा गरिएको एक अध्ययन अनुसार सबभन्दा बढी बाँके–बर्दिया राष्ट्रिय निकुन्ज क्षेत्रमा कोरिडरमा १ सय १३ हात्ती छन् । चितवन–पर्सा क्षेत्रमा ४५, शुक्लाफाँटामा २६, झापामा १९ र कोसीमा १६ वटा हात्ती छन् ।
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…
गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…