वर्षाका कारण पहिरो खसेर खोला थुनिएपछि डुबान: १५० भन्दा बढी परिवार विस्थापित

समाचार

पोखरा उपमहानगरपालिका–२५ स्थित सुइँखेत डुबानमा परेको छ। शुक्रबार साँझबाट परेको अविरल वर्षाका कारण पहिरो खसेर खोला थुनिएपछि सुइँखेत डुबान परेको हो।

डुबानमा परि १ सय ५० भन्दा बढी परिवार विस्थापित भएका छन्।

विस्थापित हुनेहरूलाई सुरक्षित ठाउँमा राखिएको र अहिलेसम्म कुनै मानवीय क्षति नभएको वडाध्यक्ष मोतीराज तिमिल्सिनाले जानकारी दिए। पहिरोका कारण १२ वटा घरमा क्षति पुगेको र केही पशु फार्म पनि बगाएको बताइएको छ।

यस्तै, पोखरा महानगरपालिका वडा नम्बर १६ अर्मलास्थित खोलाखेतमा रहेको एक घर पहिरोले बगाएको छ। मानवीय क्षति भने भएको छैन।

अन्य क्षेत्रका पनि सडक बगाएको छ । यातायात पनि अवरूद्ध भएको छ।

यस्तै, अविरल वर्षाकाे कारण पाेखरा १९ स्थित भारती भवन उच्च माविकाे भवन अगाडि प्रांगणमा पनि भ्वान परेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *