Categories: समाचार

नेपाल जेसीज क्षेत्र “ख” सम्मेलन २०२२ गोरखामा हुँने

विराज त्रिपाठी

जेसीज गोरखाको आतित्यतामा र नेपाल जेसीजको आयोजनामा हुने नेपाल जेसीज क्षेत्र “ख” सम्मेलन २०२२ गोरखा सदरमुकाममा हुने भएको छ । गोरखा जेसीजले आज पत्रकार सम्मेलन गर्दै क्षेत्र “ख” को सम्मेलन गर्नका लागि तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो ।

जेसीज गोरखाको अतित्यतामा र नेपाल जेसीजको आयोजनामा हुने नेपाल जेसीज क्षेत्र “ख” सम्मेलन २०२२ यही २०७९ भाद्र ३ र ४ गते गोरखा नगरपालिका वडा नं. ६ स्थित गोरखा संग्रालय परिसरमा हुने भएको छ ।

उक्त सम्मेलनमा सम्मानिय पुर्व प्रधान मन्त्री एवं नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) को प्रमुख अतिथिको अतिथ्यतामा यस सम्मेलनको उद्घाटन हुने कार्यक्रम रहेको सम्मेलन निर्देशक जेसी भगवान वावु मास्केले जानकारी दिनुभयो ।

यस सम्मेलनमा नेपाल जेसीजका पुर्व र वर्तमान पदाधिकारीहरु, नेपाल जेसीज क्षेत्र “क” “ख” “ग” र “घ” का शाखाहरु, जुनियर जेसीजहरु, विभिन्न सामाजिक क्षेत्रमा कार्यरत व्यक्तित्वहरु, स्थानिय निकाय, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, सरकारी गैह्र सरकारी कार्यालयहरुका प्रमुख, पत्रकार एवं अन्य विशिष्ट व्यक्तित्वहरुको करिव ६०० जना भन्दा बढीको सहभागितामा हुने पत्रकारहरलाई सम्मेलन निर्देशक मास्केले जानकारी दिनु भयो ।

२ दिन चल्ने कार्यक्रममा सहभागीहरुलाई ३ भिन्न प्रकारको तालिमको पनि ब्यवस्था गरिएको गोरखा जेसीजले जानकारी दिएको छ ।
३ गते ११ः३० बजेबाट कार्यक्रम सुरु गरिने भएको छ । ४ गते बिहान भने गोरखा जेसीजको आयोजनामा ठुलो आँगनबाट ‘शान्ति पद यात्रा’ गरेर पदेली, पुरानो बसपार्क, शक्तिचोक, कालिमाटी बजार, लोकतान्त्रिक चोक, अस्पताल मार्ग हुदै पाटेचौरबाट पुनः ठुलो आँगन पुगेर टुगिने कार्यक्रम तय भएको छ ।

पद यात्राकै क्रममा जिल्ला भित्रको विभिन्न साँस्कृतीक कार्यक्रमको झलक समेत प्रर्दशन गरिने भएको छ । जस अनुसार पद यात्राको क्रममा प्रयोग गरिने मार्गको विभिन्न स्थानमा साँस्कृतीक कार्यक्रमहरु प्रर्दशन हुने गोरखा जेसीजले जानकारी दिएको छ ।

कार्यक्रमको पहिलो दिनमा नै जेसीजमा लागेर स्थानिय तहमा निर्वाचित भएका पदाधिकारीहरुलाई सम्मानका साथै जिल्लाका प्रतिष्ठीत ब्यक्ति र हालै सम्पन्न एसइईमा जिल्ला भित्र सर्वोउत्कृष्ठ अंक ल्याउने बिद्यार्थीलाई पनि सम्मान गर्ने कार्यक्रम तय गरिएको छ ।

कार्यक्रम अवधीभरमा ४५ लाख खर्च हुने अनुमान गरेको आयोजनक संस्थाले सहभागीबाट प्रति ब्यक्ति ४ हजार ७५० र जोडी भएमा ८ हजार ५०० रुपैयाँ रजिष्ट्रेशन फि उठाउने भएको छ ।
उता जुनियर जेसीजलाई भने कार्यक्रममा कुनै पनि शुल्क नलिने घोषणा गरिएको छ ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा ग्यास चोरी पुष्टि, गणेश भाडा पसललाई ३ लाख जरिवाना; ‘जरिवाना तिरेरै उन्मुक्ति?’

गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…

57 years ago

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago