दोस्रो पञ्चवर्षिय योजनामा कार्यान्वयन हुने योजना मात्रै समेटिनेछ : मुख्यमन्त्री पाण्डे

भदौ ३१ । गण्डकी प्रदेश सरकारले चालु वर्ष दोस्रो पञ्चवर्षीय योजना (२०८०।८१–२०८५।८६) निर्माण गर्दैछ । उक्त योजना निर्माणकालागि आईतवार अवधारणा पत्र पारित भएको छ । प्रदेश नीति तथा योजना आयोगले तयार गरेको अवधारण पत्र मुख्यमन्त्री तथा आयोगका अध्यक्ष सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा बसेको बैठकले पारित गरेको हो । मुख्यमन्त्री पाण्डेले बसाईसराई रोक्ने, उत्पादन र उत्पादकत्व वृद्धी […]

Continue Reading

गोरखामा बसले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाईकलका चालकको उपचारको क्रममा मृत्यु

भदौ ३० । गोरखामा बसले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाईकलका चालकको उपचारको क्रममा मृत्यु भएको छ । गोरखा सिरानचोक गा.पा. वडा नं.४ अमराई स्थित गोरखा भच्चेक सडकखण्डमा भच्चेकबाट गोरखा तर्फ आउँदै गरेको ग १ ख ९७३६ नम्बरको बसले विपरीत दिशाबाट जाँदै गरेको ग ७ प १५१० नम्बरको मोटरसाईकललाई ठक्कर दिई दुर्घटना हुँदा गम्भिर घाइते भएको २७ […]

Continue Reading

भूमि आयोगद्वारा दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा प्राप्तिका लागि ३५ दिन भित्र निवेदन दिन आग्रह

भदौ ३० । राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा प्राप्तिको लागि निवेदन दिन आग्रह गरेको छ । एक सूचना जारी गर्दै  ३५ दिन भित्र भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निवेदन दिन आयोगले आग्रह गरेको हो । आयोगले तोकेको ढाँचाबमोजिम निवेदन फाराम  ३५ दिनभित्र स्थानीय तहबाट वडाका तोकिएका स्थानहरूमा […]

Continue Reading

खुकुरी प्रहार गरी चार जनाको हत्या

भदौ ३०, काठमाडौँ– काठमाडौंको तीनकुनेस्थित गैरीगाउँमा एकै परिवारका तीनसहित चार जनाको हत्या भएको अवस्थामा शव फेला परेको छ । गैरीगाउँस्थित दिव्य सः मिलभित्र खुकुरी प्रहार गरी हत्या भएको अवस्थामा चारजनाको शव फेला परेको प्रहरीले जनाएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले धारिलो हतियार प्रहार भएको अवस्थामा चार जनाको शव […]

Continue Reading

गण्डकीका मुख्यमन्त्री र यूएनडीपीका  आवाशिय प्रतिनिधि विच कागवेनीको पुन निर्माणका विषयमा छलफल

भदौ २८ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) का नेपाल स्थित आवाशिय प्रतिनिधि आईसानि मेदागंगोडा लाबे विच मुस्ताङको कागवेनी पुन निर्माण र पुर्नस्थापनाका विषयमा छलफल भएको छ । बिहिवार भएको भेटमा मुख्यमन्त्री पाण्डेले साउन २८ गतेको बाढीले कागवेनीमा ठुलो क्षती पुगेको, स्थानीयले अहिलेपनि सास्ती भोग्नुपरेको, ब्यक्तिगत, सामुदायिक सरकारी संरचनाहरु […]

Continue Reading

हत्या गरेको अभियोगमा दुई बृद्ध पक्राउ

भदौ २६ । काठमाडौं महानगरपालिका-८ गौशाला ओरालो बनकालीस्थित मानव सेवा कल्याण आश्रममा बस्ने मकवानपुर भिमफेदी गाउँपालिका-४ घर भएका ५० वर्षीय अमर राज पुडासैनीलाई इँटा प्रहार गरी हत्या गरेको अभियोगमा मकवानपुर हेटौंडा उपमहानगरपालिका घर भई सोही आश्रममा बस्ने ७२ वर्षीय जगत बहादुर तामाङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जगत बहादुरले पुडासैनीलाई इँटा प्रहार गरी […]

Continue Reading

सवारी साधनमा ट्राफिक जनचेतनामुलक स्टिकर टाँसी गोरखा जेसिजको सप्ताह कार्यक्रमको दास्रो दिन सम्पन्न

भाद्र २४ । शनिबारबाट सुरु भएको गोरखा जेसिजको सप्ताहव्यापी कार्यक्रमको दास्रो दिन बसपार्कमा ट्राफिक जनचेतनामुलक कार्यक्रम भएको छ । शनिवार प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे बाट औपचारिक रुपमा उद्घाटन भएको सप्ताहव्यापी कार्यक्रमको दोस्रो दिन सडक सुरक्षा तथा दुर्घटना न्यूनिकरण गर्न विभिन्न चारपाङ्ग्रे सवारी साधन र मोटरसाइकलका चालक समेतलाई रोकी ट्राफिक नियम र दुर्घटना […]

Continue Reading

बिरेन्चोकको गण्डकी बचत तथा ऋण सहकारीको ११ औ अधिवेशन बाट अध्यक्षमा खनाल सर्वसम्मत चयन

भदौ २३ । गोरखा नगरपालिका–१० बिरेन्चोकमा रहेको गण्डकी बचत तथा ऋण सहकारी संस्थाको ११ औ अधिवेशन सम्पन्न भएको छ । शनिवार सम्पन्न भएको अधिवेशनले देवीमाया खनालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । जसको उपाध्यक्षमा गोमा काप्री, सचिवमा ज्ञानु राना, कोषाध्यक्ष र सहसचिवमा लक्ष्मी धमला चयन भएका छन् । सदस्यहरुमा बविता सुनार, पार्वती गोर्खाली, […]

Continue Reading

कुखुराको अण्डाको विषयमा वादविवाद हुँदा कुटपिट गरी हत्या, दुई जना पक्राउ

मोरङ, विराटनगर महानगरपालिका-११ बरमपुरा बस्ने ७० वर्षीय हरि कुमालको कुटिपट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ५१ वर्षीय नरेश मेहता र उनकै श्रीमती ४९ वर्षीया कुमारी तामाङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । कुखुराको अण्डाको विषयलाई लिएर उनीहरूबीच वादविवाद भई कुटपिट भएको र दुवै पक्ष आ-आफ्नो घर गएकोमा हरि कुमालको मृत्यु भएको भन्ने […]

Continue Reading

सिंहदरबारमा आगो लगाइदिने बालेनको चेतावनी

भदौ १६ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारमा आगो लगाउने चेतावनी दिएका छन् । सरकारले महानगरपालिकाको गाडी रोकेको भन्दै भोलिदेखि कुनै पनि गाडी रोके सिंहदरबारमा नै आगो लगाइदिने चेतावनी दिएका हुन् । सामाजिक सञ्जालमा बालेनले लेखेका छन्, ‘आजको लागी केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । […]

Continue Reading