काठमाण्डाै – पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपाली कांग्रेसले जनताको बीचमा जान पनि अंशबन्डा गरिरहेको भन्दै चिन्ता प्रकट गर्नुभएको छ ।
आज बिहीवार काठमाण्डाैमा भएको वीपी साहित्य सम्मान एवम् वीपी सेनानी सम्मान तथा स्मृति लोकार्पण समारोहलाई सम्बोधन गर्दै यादवले यस्ताे चिन्ता प्रकट गर्नुभएको हो । उहाँले कांग्रेसको अहिलेको अवस्थालाई हेर्दा रामराम भन्नुबाहेक अरू नरहेको उल्लेख गर्नुभयो । पार्टीका नेता र कार्यकर्तालाई वीपीका राजनीतिक चिन्तन अध्ययन गर्ने फुर्सद नभएकाे भन्दै टिकट किनेर पार्टीमा प्रवेश गर्ने क्रम चलेकाे उहाँकाे भनाइ छ ।
उहाँले भन्नुभयो, ‘वीपीको जेल डायरी, वीपीको आत्मवृतान्त, वीपीले बोलेका कुराका बारेमा पढ्न कांग्रेसीलाई फुर्सद छैन । सोझै कांग्रेस छिर्छन् किनकि टिकट किन्नेलाई कांग्रेसी भनेको छ । पैसामा टिकट बेचिरहेको छ । अहिले विधिको बरेमा चर्चा गर्न र आदर्शको बारेमा कुरा गर्नै छोडिसके । वीपी, गणेशमान, किसुनजी, गिरिजाजस्ता नेताहरूकाे नाम सुन्दै गदगद हुन्छ तर अहिले देशको अवस्था कस्तो छ ? वीपीको एक गुण पनि हामीमा छैन । कांग्रेस जनताको बीचमा जान पनि अरू पार्टीसँग मिलेर अंशबन्डा गरिरहेको छ । कांग्रेसको बारेमा रामराम भन्ने बेला भइसकेको छ ।’
पूर्वराष्ट्रपति यादवले कांग्रेस पार्टीमा रहेर पसिना बगाउनको भन्दा पैसा दिएर टिकट किन्नेको मूल्याङ्कन बढी हुँदै गइरहेको पनि बताउनुभयो । उहाँले कांग्रेसीको पुर्खालाई बिर्सिएर अहिले जनतासमक्ष जान अरू पार्टीसँग मिलेर अंशबन्डा गर्नु लज्जाको विषय भएको उल्लेख गर्नुभयाे । साभार: उज्यालो
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…