बिराज त्रिपाठी
गोरखा: काममा लापरवाही गर्ने ठेकेदार एवं निर्माण कम्पनीलाई कारवाही हुने भनिए पनि कार्यन्वन मा भने देखिएको छैन ।
ठेक्का लिएर आयोजना अलपत्र पार्ने ठेकेदार एवं निर्माण कम्पनीलाई कारवाही हुने, काममा लापरवाही गर्ने, प्रभावकारी रुपमा काम नगर्ने र आयोजना स्थलमा नखटिने निर्माण व्यवसायीलाई कारवाही गर्ने जिल्ला प्रशासन कार्यालयले भने पनि चेतावनीमा नै सिमित भएको छ । अहिले सम्म चेतावनी बाट नै काम चलाइरहेका सम्बन्धित निकायले हाल सम्म पनि कुनै प्रभाबकारी अनुगमन अहिले सम्म देख्न सकिएको छैन ।
सन्दर्भ : योजना सकिएको महिनौं बितिसक्दा पनि निर्माणका साधन तथा निर्माणमा प्रयोग हुने सामान सडक नै छेक्ने गरि अस्तब्यस्त राखिएको छ तर अहिले सम्म हटाउन कुनै पनि सुरुवात सम्म भएको छैन ।
गोरखा सदरमुकाम आउने एकमात्र आबुखैरेनी – गोरखा सडकखण्डको अवस्था नाजुक तथा लापरबाही हुँदा उक्त सडक खण्डमा गुडने यातायात तथा दुई पाँग्रे साधन लाई दुर्घटना हुने जोखिम उच्च भएको छ । सम्बन्धित निकायको ध्यान दुर्घटना पश्चात् मात्र आउने हो कि भनेर आम जनसमुदायको भनाइ समेत रहेको छ । स्थानीयबासी का अनुसार ” बिकास गरेको राम्रै हो तर काम सके पछी यो सामानहरु कस्ले उठाउनु पर्ने हो उठाएको छैन, नगरपालिकाले कार्बाही नि गर्दैन के हेरेको छ कुन्नि ? “
उक्त सडक गोरखा नगरपालिका १० टक्सार मा पर्छ । नाली निर्माणका लागि जम्मा गरिएको सामान हरु अहिले लापरबाही ढंगले राखिएको छ तर पनि सम्बन्धित निकायको ध्यान पुगेको छैन । सदरमुकाम पुग्न प्रयोग हुने प्रमुख सडकमा सम्बन्धित निकायको ध्यान गएको छैन भने भित्र भित्र हुने काम को अनुगमन कति हुन्छ उक्त विषय बाट बिचार गर्न सकिन्छ ।
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…