काममा लापरवाही गर्ने ठेकेदार एवं निर्माण कम्पनीलाई कारवाही गर्ने चेतावनी मात्र कार्यन्वन भने छैन

समाचार

बिराज त्रिपाठी
गोरखा: काममा लापरवाही गर्ने ठेकेदार एवं निर्माण कम्पनीलाई कारवाही हुने भनिए पनि कार्यन्वन मा भने देखिएको छैन ।
ठेक्का लिएर आयोजना अलपत्र पार्ने ठेकेदार एवं निर्माण कम्पनीलाई कारवाही हुने, काममा लापरवाही गर्ने, प्रभावकारी रुपमा काम नगर्ने र आयोजना स्थलमा नखटिने निर्माण व्यवसायीलाई कारवाही गर्ने जिल्ला प्रशासन कार्यालयले भने पनि चेतावनीमा नै सिमित भएको छ । अहिले सम्म चेतावनी बाट नै काम चलाइरहेका सम्बन्धित निकायले हाल सम्म पनि कुनै प्रभाबकारी अनुगमन अहिले सम्म देख्न सकिएको छैन ।

सन्दर्भ : योजना सकिएको महिनौं बितिसक्दा पनि निर्माणका साधन तथा निर्माणमा प्रयोग हुने सामान सडक नै छेक्ने गरि अस्तब्यस्त राखिएको छ तर अहिले सम्म हटाउन कुनै पनि सुरुवात सम्म भएको छैन ।

गोरखा सदरमुकाम आउने एकमात्र आबुखैरेनी – गोरखा सडकखण्डको अवस्था नाजुक तथा लापरबाही हुँदा उक्त सडक खण्डमा गुडने यातायात तथा दुई पाँग्रे साधन लाई दुर्घटना हुने जोखिम उच्च भएको छ । सम्बन्धित निकायको ध्यान दुर्घटना पश्चात् मात्र आउने हो कि भनेर आम जनसमुदायको भनाइ समेत रहेको छ । स्थानीयबासी का अनुसार  ” बिकास गरेको राम्रै हो तर काम सके पछी यो सामानहरु कस्ले उठाउनु पर्ने हो उठाएको छैन, नगरपालिकाले कार्बाही नि गर्दैन के हेरेको छ कुन्नि ? “

उक्त सडक गोरखा नगरपालिका १० टक्सार मा पर्छ । नाली निर्माणका लागि जम्मा गरिएको सामान हरु अहिले लापरबाही ढंगले राखिएको छ तर पनि सम्बन्धित निकायको ध्यान पुगेको छैन । सदरमुकाम पुग्न प्रयोग हुने प्रमुख सडकमा सम्बन्धित निकायको ध्यान गएको छैन भने भित्र भित्र हुने काम को अनुगमन कति हुन्छ उक्त विषय बाट बिचार गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *