समाचार

दशैँको लागि बसको अग्रिम टिकट बुकिङ खुला, कहाँ जान कति भाडा ?

काठमाण्डाै – आजदेखि दशैँको अग्रिम टिकट बुकिङ सुरु भएको छ । केही ठाउँमा अनलाइनबाटै पनि टिकट बुकिङ गर्न मिल्नेछ ।

ई–सेवा, खल्ती, आईएमई–पे, फोन–पे लगायतका डिजिटल वालेटबाट अनलाइन टिकट बुकिङ गर्न सकिन्छ । यसको लागि यी एपमा रहेको बसको चिह्न भएको ठाउँमा क्लिक गरेर गाडी चड्ने ठाउँ र जानु पर्ने ठाउँ रोज्नु पर्छ । ठाउँ रोजेपछि आफू कहिले जाने हो त्यसमा पनि क्लिक गर्नुपर्छ ।

त्यसपछि त्यो दिन उपलब्ध भएका गाडीको सूची आउँछ । आफूलाई चाहिने सुविधा र भाडा अनुसारको गाडी छानेपछि  सिटको चित्र आउँछ । चित्रमा देखिएको सिटमा सेतो रङ भए खाली र खैरो रङ भए बुक भइसकेको सिट भनेर बुझ्नु पर्छ । खाली भएअनुसार कुन सिट लिने हो त्यो पनि आफैँले छान्न मिल्छ ।

त्यसपछि आफ्नाे नाम, सम्पर्क नम्बर, गाडी चढ्ने ठाउँ र इमेल भरिसकेपछि कन्फर्म गर्नुपर्छ । अनलाइनबाट टिकट उपलब्ध गराउनेहरुले सिधै गाडीधनी, काउन्टर तथा संस्थासँगै समन्वय गरेर टिकट उपलब्ध गराउने गर्छन् ।

टिकट काटिसकेपछि यात्रु, काउन्टर र गाडीधनीलाई एकैचोटी माेबाइलमै जानकारी जान्छ । यसैगरी यात्रुको माेबाइल र इमेलमै टिकटको डिजिटल प्रतिलिपि पनि जान्छ । कन्फर्म गरेपछि डिजिटल पैसा तिर्न मिल्छ । यसो गर्दा बसमा कुन सिट खाली छ कुन छैन भन्ने कुरा काउन्टर र चालक दुवैलाई थाहा हुन्छ।
हेर्नुहोस् कहाँ जान कति भाडा लाग्छ ?2079.03.27अन्तरप्रदेशभाडादर2022-07-11_06-10-24-753 (1)

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago