काठमाण्डाै – आजदेखि दशैँको अग्रिम टिकट बुकिङ सुरु भएको छ । केही ठाउँमा अनलाइनबाटै पनि टिकट बुकिङ गर्न मिल्नेछ ।
ई–सेवा, खल्ती, आईएमई–पे, फोन–पे लगायतका डिजिटल वालेटबाट अनलाइन टिकट बुकिङ गर्न सकिन्छ । यसको लागि यी एपमा रहेको बसको चिह्न भएको ठाउँमा क्लिक गरेर गाडी चड्ने ठाउँ र जानु पर्ने ठाउँ रोज्नु पर्छ । ठाउँ रोजेपछि आफू कहिले जाने हो त्यसमा पनि क्लिक गर्नुपर्छ ।
त्यसपछि त्यो दिन उपलब्ध भएका गाडीको सूची आउँछ । आफूलाई चाहिने सुविधा र भाडा अनुसारको गाडी छानेपछि सिटको चित्र आउँछ । चित्रमा देखिएको सिटमा सेतो रङ भए खाली र खैरो रङ भए बुक भइसकेको सिट भनेर बुझ्नु पर्छ । खाली भएअनुसार कुन सिट लिने हो त्यो पनि आफैँले छान्न मिल्छ ।
त्यसपछि आफ्नाे नाम, सम्पर्क नम्बर, गाडी चढ्ने ठाउँ र इमेल भरिसकेपछि कन्फर्म गर्नुपर्छ । अनलाइनबाट टिकट उपलब्ध गराउनेहरुले सिधै गाडीधनी, काउन्टर तथा संस्थासँगै समन्वय गरेर टिकट उपलब्ध गराउने गर्छन् ।
टिकट काटिसकेपछि यात्रु, काउन्टर र गाडीधनीलाई एकैचोटी माेबाइलमै जानकारी जान्छ । यसैगरी यात्रुको माेबाइल र इमेलमै टिकटको डिजिटल प्रतिलिपि पनि जान्छ । कन्फर्म गरेपछि डिजिटल पैसा तिर्न मिल्छ । यसो गर्दा बसमा कुन सिट खाली छ कुन छैन भन्ने कुरा काउन्टर र चालक दुवैलाई थाहा हुन्छ।
हेर्नुहोस् कहाँ जान कति भाडा लाग्छ ?2079.03.27अन्तरप्रदेशभाडादर2022-07-11_06-10-24-753 (1)
